आइजीजेएफ-द्वारा ग्राम पञ्चायत कार्यालयलाई माग्यो स्पष्टीकरण

Share this news

दार्जीलिङ,19 नोभेम्बर(निसं): सोमबार इन्डियन गोर्खा जनशक्ति फ्रन्ट (आइजीजेएफ)रिम्बिक- लोधोमा समष्टिका प्रतिनिधिहरुले लोधोमा ग्राम पञ्चायत-2 कार्यालयमा एक ज्ञापन-पत्र बुझायो। ग्राम पञ्चायत अनि  सम्बन्धित विभागद्वारा गत 4 अनि 5 अक्टोबरको पहिरो पीडितहरूको  राहत नामावली सूचीमा अनियमितता देखा परेपछि क्षेत्रबासिमा जनआक्रोश देखिएको थियो भने यसै विषयलाई केन्द्र गरेर इन्डियन गोर्खा जनशक्ति फ्रन्ट-ले उक्त ज्ञापन चढाएको हो भनी आइजीजेएफ टोलिले बताएकोछ। जानकारी अनुसार, ज्ञापन-पत्र बुझाएपछि आइजीजेएफ टोलि पहिरो पीडितहरु अनि पञ्चायत कर्मीहरुको एक सभा सम्पन्न भयो। धेरै लामो चलेको सभामा आइजीजेएफ-का प्रतिनिधिले यस अनियमितता बारे स्पष्टीकरण माग गर्दै पीडितहरुलाई न्याय दिने आवहान गरे, जुन ज्ञापन-पत्रमा पनि उल्लेख गरिएकोछ।  यस अवधि पीडितहरुले आ-आफ्नो गुनासोहरु व्यक्त गर्दै पहिरोको चपेटमा परेको बेला उनीहरुले जिताएर बनाएको पञ्चायत सदस्यहरुले सहयोग नगरेको जनाए। यसरी नै सरकारद्वारा  पहिरो पिडितहरुलाई क्षतिपूर्ति स्वरूप  दिइने एक लाख 20 हजार रुपियाँको पहिलो किस्ती60हजार रुपियाँ पीडितहरुको ब्याङ्क खातामा जम्मा नभएको तर जसको केही भएको छैन उनीहरूले उक्त राशी पाएकोमा पनि गुनासो व्यक्त गरे।  गत 17 सेप्टेम्बर अनि 4 र 5 अक्टोबरमा पहिरोले पूर्ण रूपले घरहरू ध्वस्त पारेका पीडितहरुले ग्राम पञ्चायत  कार्यालयमा आफ्नो आवश्यक कागजातहरू जम्मा गरे पनि धेरै पीडितहरुले न्याय नपाएको गुनासो व्यक्त गरे। पहिरो पीडित जगत भट्टराईले आफ्नो घर अनि कृषि बारीपुर्ण रूपमा क्षतिग्रस्त भएपनि अहिलेसम्म विभागबाट केही नपाएको गुनासो व्यक्त गर्दै आफूले पनि ग्राम पञ्चायतमा धेरै लामो अवधिसम्म उप-प्रधानको पदमा कार्य गरेको अनुभव रहेको बताए। त्यसैले उनले पञ्चायत कर्मीहरुको भाई भातिजबाद नगरी समान रूपमा पिडितहरुको पक्षमा कार्य गरिदिने बताए। पीडितहरुको गुनासो सुनेपछि पञ्चायत प्रधान छेकी शेर्पा र उप-प्रधान सञ्चराम लिम्बुले पीडितहरुले गलत बुझेको बताउँदै हाल कतिपय पहिरो पिडितहरुको बैंक खातामा जम्मा भएको राहत रकम 4 अनि 5 अक्टोबरको प्राकृतिक प्रकोपको कारण क्षतिपूर्ति स्वरूप जम्मा भएको बताए भने गत 15 सेप्टेम्बरमा पहिरोको कारण पीडित बनेकाहरुको  पनि आगामी दिनमा अवश्य पाउने बताए। यसका साथै जति पनि अन्य छोडिएका पीडित परिवारहरू छन्, उनीहरूको पनि नाम अनि आवश्यक कागजात संकलन गरेर सम्बन्धित विभागमा बुझाउने बताए।  सम्बन्धित विभागले यस विषय कार्य नगरे पनि ग्राम पञ्चायतद्वारा यसको समाधान गरिने पनि उनीहरूले वचन दिए। सरकारद्वारा दिएको राहत रकम विषय लिएर कसैले पनि छेडखानी नगरिदिने अनि घर पुन: निर्माण गरिएको हुनु पर्ने पनि प्रधान शेर्पाले जनाएकी छन्। यस  अवधि छोडिएका पहिरो पिडितहरुलाई आफ्नो कागजात बुझाउने कार्य गरिएको छ।
सभामा लोधोमा ग्राम पञ्चायत-2 का सदस्य धनकुमारी लिम्बु, अङमु डुक्पा पनि उपस्थित थिए। सभा सम्पन्न भएपछि इन्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रतिनिधिहरुले पत्रकारहरुलाई सम्बोधन गर्दै राहत वितरण प्रक्रिया, सूची निर्माण अनि त्यहाँ देखिएका विसंगतिहरुको   पञ्चायत प्रधान अनि उप प्रधानले सन्तोषजनक स्पष्टीकरण दिएको जनाएका छन्। इन्डियन गोर्खा जनशक्ति फ्रन्ट-का क्षेत्रीय प्रतिनिधिहरू यस विषयमा अघि आएर निमुखाहरुलाई न्याय अनि अन्योलमा परिरहेकाहरुलाई पनि सही मार्ग निर्देशन दिने काम गरेकोमा ग्राम पञ्चायतद्वारा धन्यवाद दिइएको आइजीजेएफ टोलिले बताएकोछ।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ