आपदा राशीमा धाधलीको आरोप, वार्ड सदस्यको खण्डण

Share this news

दार्जीलिङ,18 नोभेम्बर(निसं):आपदा पीडितहरु सुचीमा व्यापक धाधली भएको आईजीजीएफको आरोप लगाएकोछ भने वार्ड सदस्यले त्यस आरोपकोखण्डण गरेका छन्। गत 4 अक्टोबर  अनि 5 अक्टोबर आएको बिनाशकारी प्राकृतिक आपदाले क्षति पुर्‍याएको मानिसहरुलाई राज्य सरकारले आपदा कोषबाट सहयोग गर्ने निर्णय गरेपछि पहाडको विभिन्न स्थानहरु सरह बिजनबारी क्षेत्रको विभिन्न ग्राम पञ्चायत पीडितहरुलाई सरकारले सहयोग गर्ने घोषणा सहितको सुची  सार्वजनिक भएको छ। यद्यपि, उक्त सुचीमा व्यापक रूपमा धाधली भएको आरोपहरु उठ्न थालेको छ। यसै क्रममा पुल-बिजनबारी ग्राम पञ्चायत पीडितहरु सुचीमा व्यापक रूपमा धाधली भएको इण्डियन गोर्खा जनशक्ती फ्रण्ड(आईजीजीफ) पुल-बिजनबारी-गोक समष्टिले आरोप लगाएको छ। आइतबार यसैबारेमा एक प्रेस बिज्ञपति जारी गर्दै उक्त सुची व्यापक रूपमा धाधली भएको तथा सुचीमा रहेका सदस्यहरुमा ग्राम पञ्चायतको वार्ड सदस्य सरकारी नोकरी प्राप्त कर्मचारीहरु समेत रहेको इण्डियन गोर्खा जनशक्ती फ्रण्ड(आईजीजीफ) पुल-बिजनबारी-गोक समष्टिले आरोप लगाएको छ। यसको साथमा उनीहरू पाउनुपर्ने सही पीडित छुटेको तथा उनको छिमेकीले पैसा पाएको गम्भीर आरोप लगाएका छन् भने आईतबार भएकोले यसबारेमा विभागीय छानबिन गर्न नसकिएको तथा भोलि यस सुचीलाई लिएर ग्राम पञ्चायत प्रधान तथा खण्ड विकास अधिकारीलाई समेत भेट्ने उनीहरूले जनाएका छन्।अर्कोतिर, आईजीजीएफ-ले लगाएको आरोप सरासर राजनैतिक प्रेरित भएको तथा आफू आपदाको शिकार भएकोले आफ्नो नाम सुचीमा आएको भन्दै ग्राम पञ्चायत सदस्य जोशन कालिकोटेले यसको खण्डण गरेका छन्। यसको साथमा यसलाई लिएर राजनैतिक गर्नुको साटो स्थलगत भ्रमण गरि आफ्नु आवस्थालाई हेरिदिने उनले अनुरोध समेत गरेका छन्। उनले अझ भने मेरो नाम पक्का आएको छ म वार्ड सदस्यसँगै एक पीडित जनता पनि हुँ जसको कारण ग्राम पञ्चायतमा मेरो नाम सुचीमा राखेको छ। यसैले मलाई लाग्छ मेरोबाट कुनै गल्ती भएको जस्तो लाग्दैन।


Share this news
आजको रोजाइ
पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

भवेश विरूद्ध प्राथमिकी दर्ता

भवेश विरूद्ध प्राथमिकी दर्ता

दार्जीलिङमा सरस मेलाको समापन

दार्जीलिङमा सरस मेलाको समापन

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला