लोवर गोक केवल थापाको घर आगलागी

Share this news

बिजनबारी,18 नोभेम्बर(निसं): दार्जीलिङ-पुलबजार खण्ड अधीनस्थ पुलबजार-बिजनबारी-गोक समष्टिको गोक एक ग्रामको लोवर गोक निवासी केवल थापाको घरमा गए राती भीषण आगलागी भएको खबर प्रकाशमा आएको छ भने उक्त घटनामा पर्दा थापाको घर पुर्णतः जलेर खाक भएको बताईएको छ। जानकारी अनुसार, आगलागी लगभग बिहानको 3 बजीतिर भएको आशंका गरिएको छ। घटनामा कुनै मानवीय क्षति नभएको भए पनि घर पुर्णतः क्षति भएको थाहा लागेको छ। आगलागीको कारण हालसम्म नखुलेको तथा छानबिन शुरु गरिसकेको प्रशासनीक पक्षले जनाएको छ। यसको साथमा स्थानीयबासी तथा सम्बन्धित निकायले आगो नियन्त्रणमा लिन प्रयास गरेपछि आसपासको क्षेत्रमा थप क्षति हुनबाट जोगिएको स्थानीयवासीहरुले भनाइ छ।
यसैबीच घटनाको खबर पाउनसाथ ग्राम पञ्चायत प्रधान एलिना रसाइली तथा क्षेत्रीय सभासद भुपेन्द्र छेत्रीले स्थलगत भ्रमण गरि आवस्थाबारेमा जायजा लिदै पीडित परिवारलाई विभागबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन। अर्कोतिर आफुले सम्पुर्ण गुमाएको सकेसम्म चाडै पुनःस्थापनको पहल गरिदिने पीडित परिवारले अनुरोध गरेकोछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड