गोरूबथान अनि सुके-पोखरीमा नयाँ फायर स्टेशन निर्माण स्वीकृति

Share this news

दार्जीलिङ,18 नोभेम्बर(निसं): गोरूबथान अनि सुके-पोखरीमा नयाँ फायर स्टेशन निर्माणका लागि प्रशासनिक स्वीकृतिलाई खुसीको खबर बताउदै गोर्खाल्याण्ड टेरिटोरोयल एड्मिनिस्ट्रेसन(जीटीए) चिफ एक्ज्युकेटिभ अनित थापाले जनतालाई खुसीको खबर दिनु पाउँदा हर्ष लागेको छ भनी बताएका छन्।
गोर्खाल्याण्ड टेरिटोरोयल एड्मिनिस्ट्रेसन(जीटीए) चिफ एक्ज्युकेटिभ अनित थापाले भनेका छन्,केही महिना अघि हामीले गोरूबथान अनि सुके-यापोखरीमा अग्निशमन् सेवा सञ्चालन गर्नु पर्ने माग गर्दै योजना तयार गरेर राज्यलाई बुझाएका थियौं। त्यसको साथमा हामीले अग्निशमन सेवाको निम्ति जमीन चिन्हित गर्ने कार्य पनि सुरु गरेका थियौं। आज राज्य सरकारको अग्नि अनि आपातकालीन सेवा विभागबाट परियोजना पारित भएको अर्डर प्राप्त गर्‍यौं।उनले भने, परियोजनाको मुख्य बिन्दुहरूमा पश्चिम बंगाल सरकारले दार्जीलिङ र कालेबुङ जिल्लामा दुईवटा अत्याधुनिक पम्प फायर स्टेशन निर्माणका लागि प्रशासनिक तथा वित्तीय स्वीकृति प्रदान गरेको छ। स्वीकृत योजनाअनुसार कालेबुङ जिल्लाको गोरुबथानमा फायर स्टेशन निर्माणका लागि र चार करोड पछ्यासी लाख एक हजार दुई सय सत्तहत्तर रुपियाँको स्वीकृति प्रदान गरेको छ, जस अन्तर्गत नागरिक तथा विद्युत सम्बन्धी कार्यहरू समेटिएका छन्।  त्यसरी नै दार्जीलिङ जिल्लाको सुके-पोखरीमा फायर स्टेशन निर्माणका लागि पाँच करोड साठी लाख उन्नाइस हजार सत्तावन्न रुपियाँको स्वीकृति प्रदान गरेको छ। वित्तीय संरचना अनुसार प्रत्येक योजनाबाट 3  करोड  रुपियाँ (नेशनल डिजास्टर रेस्पोन्स फण्ड(एनडीआरएफ) National Disaster Response Fund – NDRF अन्तर्गत, आर्थिक वर्ष 2025- 26-को फायर सर्भिस एक्स्पेन्सन एण्ड मोडर्नाइजेशन- ले व्यहोर्नेछ।  बाँकी रकम सार्वजनिक निर्माण कार्यका लागि निर्दिष्ट पूँजीगत हेड अन्तर्गत खर्च गरिनेछ। आवश्यक ठेक्का प्रक्रिया र एजेन्सी छनोट  भएपछि सम्बन्धित रकम मुख्य वित्त नियन्त्रक, जीटीए (डीडीओ कोड डीएएएचएबी 053) मार्फत वितरण गरिनेछ। उक्त निर्णय पन्ध्रौँ वित्त आयोगका सिफारिसहरू र राष्ट्रिय स्तरमा सञ्चालनमा रहेको फायर सेवा आधुनिकीकरण योजना अनुरूप, आपदा तयारी, संरचनात्मक सुदृढीकरण तथा क्षमतावृद्धि लक्ष्यका साथ कार्यान्वयन गरिनेछ। यस सम्बन्धमा सरोकारवाला सबै विभागहरूलाई आवश्यक कार्यान्वयन तथा पालना गर्न सूचित गरिएको छ भनी जीटीए चिफ थापाले थप बताएका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ