Sushmita Subba did her PhD

सुस्मिता सुब्बाले नवसारी कृषि वि.वि.बाट गरिन् पीएचडी

Share this news

सिक्किमको बराखेले, सोरुङ निवासी पिता हाङ्सा राज सुब्बा र माता मुन्नु सुब्बा की सुपुत्री सुस्मिता सुब्बाले गुजरातको नवसारी कृषि विश्वविद्यालय अन्तर्गत रहेको वन विज्ञापन महाविद्यालयबाट आफ्नो विद्यावारिधि (पीएचडी) अध्ययन सफलतापूर्वक सम्पन्न गरेकी छिन्। सन् २०२२ मा देशव्यापी प्रतिस्पर्धात्मक परीक्षामार्फत प्रवेश पाउँदा उनले उत्कृष्ट श्रेणी प्राप्त गर्दै प्रतिष्ठित कार्यक्रमका लागि छनोट भएकी थिइन्। अध्ययन अवधिभर पाएको छात्रवृत्तिले उनको निरन्तर श्रम, शैक्षिक अनुशासन र उच्च क्षमता स्पष्ट पार्दछ। डा. सुस्मिता सुब्बाले आफ्नो विद्यावारिधि अनुसन्धान वन जीवविज्ञान तथा वृक्ष सुधार विभागमा “हल्दु (हल्दिना कोर्डिफोलिया) प्रजातिका विभिन्न क्षेत्रका जनसंख्यामाझ आनुवंशिक, आकृतिक तथा काठ गुणस्तरको भिन्नता” शीर्षकमा पूरा गरेकी हुन्। भारतका विभिन्न भू–भागमा पाइने हल्दु प्रजातिमाथि गरिएको यो अनुसन्धान अत्यन्तै वैज्ञानिक, विस्तृत र महत्वपूण मानिन्छ। उनको अध्ययनले विभिन्न क्षेत्रका हल्दु जनसंख्याकाबीचको आनुवंशिक संरचना, बाह्य बनावट र काठ गुणस्तरको गहिरो तुलना गर्दै उच्च क्षमता भएका जनसंख्याहरूको पहिचान गरेको छ। यसले वृक्ष संरक्षण, प्रजाति सुधार, दिगो उपयोग र भविष्यका प्रजनन कार्यक्रमका लागि आधारभूत सामग्री प्रदान गरेको छ। उनको मेहनत, समर्पण र वैज्ञानिक सोचले हासिल गरेको यो उपलब्धि
सिक्किम, पूर्वोत्तर भारत तथा सम्पूर्ण गोर्खा समुदायको गर्वको विषय बनेको छ।


Share this news
आजको रोजाइ
पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

भवेश विरूद्ध प्राथमिकी दर्ता

भवेश विरूद्ध प्राथमिकी दर्ता

दार्जीलिङमा सरस मेलाको समापन

दार्जीलिङमा सरस मेलाको समापन

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला