स्व. लमु शेर्पा स्मृति फूटबल सिलगढी युनाइटेड च्याम्पियन

Share this news

लामाहट्टा, 15 नोभेम्बर(निसं):स्वर्गीय लमु शेर्पा स्मृति लात्ते भकुण्डो प्रतियोगिताको फाईनल खेल शनिबार लामाहट्टा उच्च माद्यामिक विद्यालय खेल मैदानमा सम्पन्न भयो। तक्दाह-ग्लेनबर्न समष्टि सभासद सन्नी बम्जन मुख्य अतिथि रहेको उक्त फाईनल खेललाई सहयोग संघका सभापति पेम्बा डुक्पाले अध्यक्षता गरेका थिए। फुर्बा शेर्पाले संचालन गरेको उक्त फाईनल खेलमा सिलगढी युनाईटेड बनाम संजोक सेभेन माझ घमासान भएको थियो जसमा दुवै दलका खेलाडीहरुले आ-आफ्नो दललाई बड्त दिलाउन निक्कै प्रयास गरे। खेलको प्रारम्भको केही समयपछि सिलगढी युनाइटेडले पहिलो गोल गरेर दर्शकवर्गको उत्साहजनक आर्जन गरे भने पछि संजोक सेभेन-ले पनि गोल गरेर बराबरीमा ल्याएपछि खेलाडीहरुमा पुन उर्जा बडेकोछ। फलस्वरूप खेल निक्कै रोमाञ्चक मोड्मा पुग्यो। मध्यान्तर पछि सिलगढी युनाईटेडले पुन गोल गरेर दुई गोल गरेर स्व. लमु शेर्पा स्मृति लात्ते भकुण्डो प्रतियोगिताको च्याम्पियन सिलगढी युनाईटेड बन्यो। समारोहका मुख्य अतिथि सभासद सन्नी बम्जन एवं विशिष्ट अतिथिवर्गको बाहुलीबाट विजयी दल सिलगढी युनाईटेड अनि पराजित दल संजोक सेभेन- लाई नगद राशी 30 हजार रुपियाँ अनि 20 हजार रुपियाँ ट्र्फी आदि प्रदान गरियो। आज सम्पन्न फाइनल खेलको पुर्वार्धमा स्थानीय विद्यालयका नानीहरुले नृत्य प्रस्तुती दिनुका साथै जुनियर वर्गका बाल, बालिकाहरुको एक सय अनि दुई सय मिटर दौड राखिएको थियो भने पुरुष वर्गको ट्ग अफ वार आदिले दर्शकहरुलाई मनोरञ्जन पुर्‍याएको थियो साथै नानी डिकिला शेर्पाले गीत गाएर श्रोताको मन जित्न सफल बनिन्। उक्त अवसरमा स्थानीय रजत पदक प्रापक मिङमा लमु शेर्पा अनि मिस्टर फेस अफ द हिलका विजेता बेञ्जामिन सुब्बा लाई आयोजक समिती अनि कञ्चनजंघा समाज द्वारा सम्मान जनाइएको थियो। खेल पश्चात् विजयी दलका दल नायकले खेलमा विजय प्राप्त गरे पछि आफू धेरै खुशी भएको मत व्यक्त गर्दै खेलकुद हो हार जीत अवश्य हुन्छ भने। उनले युवा जमातलाई कुलत देखि टाँडा राख्न यस प्रकारको खेलकुद आयोजना गरिनु सकारात्मक पहल रहेको बताए भने आयोजक समिति सहयोग संघका सचिव साङगेले क्षेत्रका युवा जमातलाई खेललकुदप्रति आकर्षित गर्न अनि लागू पदार्थ देखि टाँडा राख्न यस प्रकारको खेलकुदको आयोजना गरिएको बताए।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ