स्व. लमु शेर्पा स्मृति फूटबल सिलगढी युनाइटेड च्याम्पियन

Share this news

लामाहट्टा, 15 नोभेम्बर(निसं):स्वर्गीय लमु शेर्पा स्मृति लात्ते भकुण्डो प्रतियोगिताको फाईनल खेल शनिबार लामाहट्टा उच्च माद्यामिक विद्यालय खेल मैदानमा सम्पन्न भयो। तक्दाह-ग्लेनबर्न समष्टि सभासद सन्नी बम्जन मुख्य अतिथि रहेको उक्त फाईनल खेललाई सहयोग संघका सभापति पेम्बा डुक्पाले अध्यक्षता गरेका थिए। फुर्बा शेर्पाले संचालन गरेको उक्त फाईनल खेलमा सिलगढी युनाईटेड बनाम संजोक सेभेन माझ घमासान भएको थियो जसमा दुवै दलका खेलाडीहरुले आ-आफ्नो दललाई बड्त दिलाउन निक्कै प्रयास गरे। खेलको प्रारम्भको केही समयपछि सिलगढी युनाइटेडले पहिलो गोल गरेर दर्शकवर्गको उत्साहजनक आर्जन गरे भने पछि संजोक सेभेन-ले पनि गोल गरेर बराबरीमा ल्याएपछि खेलाडीहरुमा पुन उर्जा बडेकोछ। फलस्वरूप खेल निक्कै रोमाञ्चक मोड्मा पुग्यो। मध्यान्तर पछि सिलगढी युनाईटेडले पुन गोल गरेर दुई गोल गरेर स्व. लमु शेर्पा स्मृति लात्ते भकुण्डो प्रतियोगिताको च्याम्पियन सिलगढी युनाईटेड बन्यो। समारोहका मुख्य अतिथि सभासद सन्नी बम्जन एवं विशिष्ट अतिथिवर्गको बाहुलीबाट विजयी दल सिलगढी युनाईटेड अनि पराजित दल संजोक सेभेन- लाई नगद राशी 30 हजार रुपियाँ अनि 20 हजार रुपियाँ ट्र्फी आदि प्रदान गरियो। आज सम्पन्न फाइनल खेलको पुर्वार्धमा स्थानीय विद्यालयका नानीहरुले नृत्य प्रस्तुती दिनुका साथै जुनियर वर्गका बाल, बालिकाहरुको एक सय अनि दुई सय मिटर दौड राखिएको थियो भने पुरुष वर्गको ट्ग अफ वार आदिले दर्शकहरुलाई मनोरञ्जन पुर्‍याएको थियो साथै नानी डिकिला शेर्पाले गीत गाएर श्रोताको मन जित्न सफल बनिन्। उक्त अवसरमा स्थानीय रजत पदक प्रापक मिङमा लमु शेर्पा अनि मिस्टर फेस अफ द हिलका विजेता बेञ्जामिन सुब्बा लाई आयोजक समिती अनि कञ्चनजंघा समाज द्वारा सम्मान जनाइएको थियो। खेल पश्चात् विजयी दलका दल नायकले खेलमा विजय प्राप्त गरे पछि आफू धेरै खुशी भएको मत व्यक्त गर्दै खेलकुद हो हार जीत अवश्य हुन्छ भने। उनले युवा जमातलाई कुलत देखि टाँडा राख्न यस प्रकारको खेलकुद आयोजना गरिनु सकारात्मक पहल रहेको बताए भने आयोजक समिति सहयोग संघका सचिव साङगेले क्षेत्रका युवा जमातलाई खेललकुदप्रति आकर्षित गर्न अनि लागू पदार्थ देखि टाँडा राख्न यस प्रकारको खेलकुदको आयोजना गरिएको बताए।

Share this news
आजको रोजाइ
पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

भवेश विरूद्ध प्राथमिकी दर्ता

भवेश विरूद्ध प्राथमिकी दर्ता

दार्जीलिङमा सरस मेलाको समापन

दार्जीलिङमा सरस मेलाको समापन

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला