छोटा रंगीतको बगर बाटोमा यातायात जोखिम

Share this news

मजुवा, 17 नोभेम्बर (निसं): छोटा रंगीतको यातायात जोखिमपूर्ण भएको छ। गत 4 अक्टोबरको आँधी वेहरीले छोटा रंगीतलाई क्षतविक्षत बनाइ दिएपछि यो बाटोमा ठूलो समस्या देखापरेको छ। आरूबोटे सिङ्गबुङ्ग डेरा भएर पड़मागडी राम्जी हुँदै सुकेपोखरीलाई जोड्ने छोटा रंगीतको अवस्था धेरै खतरामा पुगेको छ। गत 4 अक्टोबरको अबिरल वर्षाले रंगीत खोलामा ल्याएको विकराल स्थिति अतिनै सोचनीय बनाइ दिएको छ। उक्त 4 अक्टोबरको राती छोटा रंगीतमा मच्चिएको तण्डावले वर्तमान पूलको एका पट्टिबाट खोलिएर पूलदेखि रंगीत खोला धेरै अगाडी र पूल भन्दा धेरै गहिरोमा बगिरहेको छ। प्रकृतिक प्रकोपको एउटा मुल स्वरूप मान्न सकिन्छ तथापि विस्वास गर्न नसकिने र मानिसहरू आवतजावत गरिरहनु पर्ने मुख्य बाटो भएकोले दिउँसोको समयमा पनि वारीपारी गर्न नसकिने अवस्था भएको प्रत्यक्ष देख्न सकिन्छ। हालमा केही तलतिर बाँसको फड़के लगाएर मानिसहरू वारीपारी आउजाउ गरिरहेको भएपनि खोला बड़न साथ जोखिमपूर्ण स्थिति हुन सक्ने स्पष्ट छ। हालमा कहाँबाट मानिसहरू यातायात गर्दा सुविधाजनक छ भन्ने स्थिति समेत नभएको तथा बुझ्न नसकेको स्थानीय रैथानेहरूले बताएको छ। स्थानीय बुजुर्गहरूको भनाईमा विगत 1968 सालपछिको दोस्रो तण्डाव मान्न सकिने भनाई छ। यस छोटा रंगीतमा मच्चिएको तण्डावले धेरैवटा निर्माण हुदै गरेको पूलहरू बगाएको देखियो तथापि यो घटना अविस्वासणीय रहेको स्थानीय बुजुर्ग प्रदिप कुलुङले बताएको छ। यसैले सम्बन्धित निकायहरूबाट तत्काल सहायता पाउन सके वर्तमान पूलको आधारहरू लगाएर यसै पूलबाट खोला बगाउन सके आपतकालिन घटनाहरूको सम्मुखिन हुन नपर्ने स्थानीय वासीहरूको मत रहेको छ।

Share this news
आजको रोजाइ
पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

भवेश विरूद्ध प्राथमिकी दर्ता

भवेश विरूद्ध प्राथमिकी दर्ता

दार्जीलिङमा सरस मेलाको समापन

दार्जीलिङमा सरस मेलाको समापन

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला