छोटा रंगीतको बगर बाटोमा यातायात जोखिम

Share this news

मजुवा, 17 नोभेम्बर (निसं): छोटा रंगीतको यातायात जोखिमपूर्ण भएको छ। गत 4 अक्टोबरको आँधी वेहरीले छोटा रंगीतलाई क्षतविक्षत बनाइ दिएपछि यो बाटोमा ठूलो समस्या देखापरेको छ। आरूबोटे सिङ्गबुङ्ग डेरा भएर पड़मागडी राम्जी हुँदै सुकेपोखरीलाई जोड्ने छोटा रंगीतको अवस्था धेरै खतरामा पुगेको छ। गत 4 अक्टोबरको अबिरल वर्षाले रंगीत खोलामा ल्याएको विकराल स्थिति अतिनै सोचनीय बनाइ दिएको छ। उक्त 4 अक्टोबरको राती छोटा रंगीतमा मच्चिएको तण्डावले वर्तमान पूलको एका पट्टिबाट खोलिएर पूलदेखि रंगीत खोला धेरै अगाडी र पूल भन्दा धेरै गहिरोमा बगिरहेको छ। प्रकृतिक प्रकोपको एउटा मुल स्वरूप मान्न सकिन्छ तथापि विस्वास गर्न नसकिने र मानिसहरू आवतजावत गरिरहनु पर्ने मुख्य बाटो भएकोले दिउँसोको समयमा पनि वारीपारी गर्न नसकिने अवस्था भएको प्रत्यक्ष देख्न सकिन्छ। हालमा केही तलतिर बाँसको फड़के लगाएर मानिसहरू वारीपारी आउजाउ गरिरहेको भएपनि खोला बड़न साथ जोखिमपूर्ण स्थिति हुन सक्ने स्पष्ट छ। हालमा कहाँबाट मानिसहरू यातायात गर्दा सुविधाजनक छ भन्ने स्थिति समेत नभएको तथा बुझ्न नसकेको स्थानीय रैथानेहरूले बताएको छ। स्थानीय बुजुर्गहरूको भनाईमा विगत 1968 सालपछिको दोस्रो तण्डाव मान्न सकिने भनाई छ। यस छोटा रंगीतमा मच्चिएको तण्डावले धेरैवटा निर्माण हुदै गरेको पूलहरू बगाएको देखियो तथापि यो घटना अविस्वासणीय रहेको स्थानीय बुजुर्ग प्रदिप कुलुङले बताएको छ। यसैले सम्बन्धित निकायहरूबाट तत्काल सहायता पाउन सके वर्तमान पूलको आधारहरू लगाएर यसै पूलबाट खोला बगाउन सके आपतकालिन घटनाहरूको सम्मुखिन हुन नपर्ने स्थानीय वासीहरूको मत रहेको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ