धेरै मतदाताहरूको सूचीबाट नाम हट्न सक्ने सम्भावाना विधायक बीपी बजगाईँले व्यक्त गरे

Share this news

खरसाङका विधायक बीपी बजगाईँले चिया बगान अनि सिन्कोना बजानका प्रकट गरेका छन्‌‍। तिनले भनेका छन्‌‍, भारतको निर्वाचन आयोगले लागु गरे अनुसार एसआईएर 2025 भनेर मतदाता सूचीमा गहन संशोधन हुँदैछ। म एसआईआरको विरोधमा पटक्कै छुइन, यो हुन पर्छ। यो देशका असल र खाँटी नागरिक को हुन्‌‍ र को होइनन्‌‍, यो छुट्टिनु पर्छ। तर यहाँ मतदाताको माता-पिताको नाम 2002 को मतदाता सूचीसित जोड़न पर्ने भनिएको छ। कसैको आमा-बाबा 2002 भन्दा अघिनै स्वर्गवास भएका होलान्‌‍। यस कारणले तिनीहरूको आमा-बाबाको नाम 2002 को मतदाता सूचीमा नहोल। यस्ता मतदाताहरूले के गर्ने, त्यस समय गाउँ-बस्तीमा जन्म-मृत्युको पञ्जीकरण गरिने चलन पनि त्यति थिएन। फारममा मृत्यु भएको भनेर लेख्ने कुनै स्थान पनि छैन। यस कारणले धेरै मानिसहरूको फारम रद्द हुने सम्भावना रहेको छ। फेरि हामीमा कतिपयले आफ्नो जात लेख्ने कतिपयले आफ्नो थर लेख्न चलन पनि छ। कतिपयले आफ्नो जात शर्मा लेख्छन्‌‍ भने कतिपयले बजगाईँ, चापागाईँ, धिताल त कसैले राई, कसैले थुलुङ कसैले कुलुङ, चाम्लिङ भनेर लेख्छन्‌‍। यसो हुँदा एसआईआरको फारम भर्ता आफ्नो अथवा आफ्नो आमा-बाबासित ना, मजात नमिल्न सक्छ, दस्तावेजमा नाम नमिल्दा समस्या हुन सक्छ। यस्तो अवस्थामा पनि फारम रद्द हुने सम्भावना रहेको छ। यसैले मैले बारेमा भारतको चुनाउ आयोग समक्ष यी विषयहरूको उल्लेख गर्दै पत्रचार गरेको छु। यस्तो अवस्थामा कुनै पञ्चायतको कागज, हलफनामा अथवा 2002 भन्दा अघिको सूची मान्य गरियोस भनी मैले निर्वाचन आयोगलाई निवेदन गरेको छु। तिनले अघि भनेका छन्‌‍, एसआईआरको फारम भर्दा गाउँ-बस्तीका मानिसहरू ठूलो समस्यामा पर्न सक्छन्‌‍, विशेष चिया बगान अनि सिन्कोना बगानका मानिसहरूलाई समस्या हुन सक्छ। मेरो यो पत्रलाई चुनाउ आयोगले गम्भीरता पूर्वक लिनेछन्‌‍ भन्ने म चाहान्छु। मेरो उद्देश्य भनेको भारतका साँचो र खाँटी नागरिको नाम मतदाता सूचीबाट नहटोस भन्ने हो। यदि कुनै पनि खाँटी नागरिकको नाम मतदाता सूचीबाट काटिएको खण्डमा हामी सबैले यसको निम्ति लड़न आवश्यक छ। मैले यति गरेपछि कसैले मलाई एसआईआरको विरोध गरेको भन्लान तर ती विरोध गर्नेहरूले भोलिको दिनमा कुनै पनि खाँटी नागरिकको नाम मतदाता सूचीबाट काटिएको खण्डमा यसको निम्ति जिम्मा लिन पर्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ