IGGF Selimbong management
IGGF Selimbong management

पुनर्वासको मागमा आइजीजीएफ सेलिम्बोङ व्यवस्थापनसँग भेट

Share this news

इन्डियन गोर्खा जनशक्ति फ्रन्ट पोख्रेबोङ चामोङ समष्टि संयोजक पुकार गहतराजको नेतृत्वमा रहेको टोलीले आज सेलिम्बोङ चियाबारी महाप्रबन्धक कुशल तामाङलाई भेट गरी पैह्रो पीडित परिवारहरूको पुनर्वासका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ। गत ४ र ५ अक्टोबरमा परेको भीषण वर्षाका कारण सेलिम्बोङ नाला गाउँका उमेश प्रधान, प्रद्युम राई लगायत स्थानीय बासिन्दाको घर पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि उनीहरू महिना दिनभन्दा बढी समयदेखि जोखिममा बस्न वाध्य थिए। चियाबारी प्रशासनबाट जमिन तथा घर निर्माणको स्वीकृतिपत्र समेत नपाएपछि प्रभावित परिवार र स्थानीयहरु आइजीजीएफ टोलीको साथमा प्रबन्धक कार्यालयमा उपस्थित भएका हुन्। स्थानीयले पश्चिम बंगाल सरकारद्वारा हाउस बिल्डिङ ग्रान्ट अन्तर्गत उपलब्ध गराइएको सहायताको ५० प्रतिशत रकम वितरण सुरु भए पनि जमिन नै नहुँदा घर पुनर्निर्माण असम्भव भएको बताउँदै गुनासो राखेका थिए। साथै, सरोकारवालाहरूले चियाबारी प्रशासनमाथि दबाब नदिएको भन्दै असन्तुष्टि समेत प्रकट गरे। सौहार्दपूर्ण भेटघाट तथा छलफलपछि महाप्रबन्धक कुशल तामाङले आउँदो सोमबारदेखि स्थलगत निरीक्षण सुरु गर्दै पुनर्वासका लागि आवश्यक जमिन उपलब्ध गराउन सक्ने दिशामा पहल अघि बढाइने आश्वासन दिएका छन्। पीडित तथा स्थानीयहरूले प्रबन्धक तामाङप्रति आभार व्यक्त गर्दै छिटो समस्या समाधान हुने अपेक्षा व्यक्त गरेका छन्। संयोजक गहतराजले पनि यस विषयमा सरोकारवालाहरूले जिम्मेवारी लिनुपर्ने आवश्यकता औँल्याउँदै चियाबारी व्यवस्थापनले सकारात्मक भूमिका खेलिदिएकोमा धन्यवाद व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ