IGGF Selimbong management

पुनर्वासको मागमा आइजीजीएफ सेलिम्बोङ व्यवस्थापनसँग भेट

Share this news

इन्डियन गोर्खा जनशक्ति फ्रन्ट पोख्रेबोङ चामोङ समष्टि संयोजक पुकार गहतराजको नेतृत्वमा रहेको टोलीले आज सेलिम्बोङ चियाबारी महाप्रबन्धक कुशल तामाङलाई भेट गरी पैह्रो पीडित परिवारहरूको पुनर्वासका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ। गत ४ र ५ अक्टोबरमा परेको भीषण वर्षाका कारण सेलिम्बोङ नाला गाउँका उमेश प्रधान, प्रद्युम राई लगायत स्थानीय बासिन्दाको घर पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि उनीहरू महिना दिनभन्दा बढी समयदेखि जोखिममा बस्न वाध्य थिए। चियाबारी प्रशासनबाट जमिन तथा घर निर्माणको स्वीकृतिपत्र समेत नपाएपछि प्रभावित परिवार र स्थानीयहरु आइजीजीएफ टोलीको साथमा प्रबन्धक कार्यालयमा उपस्थित भएका हुन्। स्थानीयले पश्चिम बंगाल सरकारद्वारा हाउस बिल्डिङ ग्रान्ट अन्तर्गत उपलब्ध गराइएको सहायताको ५० प्रतिशत रकम वितरण सुरु भए पनि जमिन नै नहुँदा घर पुनर्निर्माण असम्भव भएको बताउँदै गुनासो राखेका थिए। साथै, सरोकारवालाहरूले चियाबारी प्रशासनमाथि दबाब नदिएको भन्दै असन्तुष्टि समेत प्रकट गरे। सौहार्दपूर्ण भेटघाट तथा छलफलपछि महाप्रबन्धक कुशल तामाङले आउँदो सोमबारदेखि स्थलगत निरीक्षण सुरु गर्दै पुनर्वासका लागि आवश्यक जमिन उपलब्ध गराउन सक्ने दिशामा पहल अघि बढाइने आश्वासन दिएका छन्। पीडित तथा स्थानीयहरूले प्रबन्धक तामाङप्रति आभार व्यक्त गर्दै छिटो समस्या समाधान हुने अपेक्षा व्यक्त गरेका छन्। संयोजक गहतराजले पनि यस विषयमा सरोकारवालाहरूले जिम्मेवारी लिनुपर्ने आवश्यकता औँल्याउँदै चियाबारी व्यवस्थापनले सकारात्मक भूमिका खेलिदिएकोमा धन्यवाद व्यक्त गरेका छन्।


Share this news
आजको रोजाइ
‘धागो’: डुवर्सको अप्रकाश्य कथा उन्ने सिलसिलाको थालनी

‘धागो’: डुवर्सको अप्रकाश्य कथा उन्ने सिलसिलाको थालनी

गृह मन्त्रालयको निर्देशमा गरिएको अनुसन्धान रिपोर्ट सार्वजनिक होस्

गृह मन्त्रालयको निर्देशमा गरिएको अनुसन्धान रिपोर्ट सार्वजनिक होस्

बाल दिवसमा फुवागढी उमाविको “नव्य दृष्टि “भित्ते पत्रिका विमोचन

बाल दिवसमा फुवागढी उमाविको “नव्य दृष्टि “भित्ते पत्रिका विमोचन

पुनर्वासको मागमा आइजीजीएफ सेलिम्बोङ व्यवस्थापनसँग भेट

पुनर्वासको मागमा आइजीजीएफ सेलिम्बोङ व्यवस्थापनसँग भेट

सड़क भास्सिएपछि सांसदलाई समाजको चिट्ठी

सड़क भास्सिएपछि सांसदलाई समाजको चिट्ठी

चिल्ड्रेन्स डे-मा डीएचआर-द्वारा विद्यार्थीहरूलाई निःशुल्क जोय राइड

चिल्ड्रेन्स डे-मा डीएचआर-द्वारा विद्यार्थीहरूलाई निःशुल्क जोय राइड

बिहार विजय सेमी-फाइनल, बीजेपीले बंगालमा फाइनल जित्नेछ

बिहार विजय सेमी-फाइनल, बीजेपीले बंगालमा फाइनल जित्नेछ

बाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

बाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

दार्जीलिङ साउथफिल्ड लरेटो एलुमनाई एशोसिएसन-द्वारा आयोजित वाकथन सम्पन्न

दार्जीलिङ साउथफिल्ड लरेटो एलुमनाई एशोसिएसन-द्वारा आयोजित वाकथन सम्पन्न

विद्यादिप एजुकेसनल ईन्स्टिच्युट परबुङद्वारा रजत जयन्ती समारोह

विद्यादिप एजुकेसनल ईन्स्टिच्युट परबुङद्वारा रजत जयन्ती समारोह

आजको रोजाइ