Annual sports at Pinehall Academy

बाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

Share this news

मिरिक महकुमाको सौरेनीस्थित पाइनहल एकाडेमीमा बाल दिवसको अवसरमा सौरेनी खेल मैदानमा वार्षिक खेलकूद कार्यक्रम आयोजन गरिएको थियो। कार्यक्रमको अध्यक्षता सी.के. प्रधानले गरेका थिए भने रविन्द्रनाथ उच्चत्तर माध्यमिक विद्यालयका प्रधान अध्यापक कैलाश बान्तवा प्रमुख रूपमा उपस्थित थिए। यसरी नै पाइनहल एकाडेमीका प्राचार्य नगेन राई, निदेशक निरूपा राई, सौरेनी ग्राम पञ्चायत एककी प्रधान अनिता राई, पञ्चायत समिति कर्माध्यक्ष आदित्य प्रधान, तारा घिमिरे, सी.डी.राई, विभिन्न विद्यालयका प्रतिनिधिवर्ग, विद्यालयका शिक्षक शिक्षिका, अभिभावकहरू अनि विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम अध्यक्षले खेलकूद कार्यक्रम आरम्भ भएको घोषणा गरेपछि भारतका पूर्व प्रधानमन्त्री पण्डित जवहरलाल नेहरूको प्रतिकृतिमा दिप प्रज्ज्वलन गरेपछि आरम्भ भएको खेलकूद कार्यक्रममा गत अक्टोबर महिनामा पैरोमा परि ज्यान गुमाएका दिवङगतहरूको आत्मा शान्तिको कामना गर्दै एक मिनटको मौन धारण गरियो। कार्यक्रमको शुरूमा मार्च पास्ट प्रतियोगितामा भाग लिएका विद्यालयका चारवटा हाउसका कन्टिजेन्टहरूले मार्चपास्ट प्रदर्शन गरे। जसमा टरस हाउस विजयी बनेको थियो। यसरी नै विद्यालयका जुनियर सेक्शनका विद्यार्थीहरूले पनि मार्च पास्टमा अंश ग्रहण गरेका थिए। निम्नदेखि उच्च श्रेणीका सम्पूर्ण विद्यार्थीहरूमाझ विविध प्रतियोगिता सम्पन्न गरिएको थियो। जसमा हाई जम्प, लङ्ग जम्प, एक सयदेखि पन्द्रह सय मिटरको दौड प्रतियोगिता, रिले दौड प्रतियोगिता, टग अफ वार लगायत अन्य रहेको थियो। यसरी नै अभिभावकहरूका लागि पनि विविध खेल समावेश गरिएको थियो। कार्यक्रममा विद्यालयका एक सय जना विद्यार्थीहरूले सामुहिक नृत्य पनि प्रस्तुत गरेका थिए। खेलकूद कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा विद्यालयकी निदेशक श्रीमती निरूपा राईले विद्यालयले प्रत्येक वर्ष नै खेलकुद वा कनसर्ट कार्यक्रम आयोजना गर्दै आएको बताइन्।


Share this news
आजको रोजाइ
‘धागो’: डुवर्सको अप्रकाश्य कथा उन्ने सिलसिलाको थालनी

‘धागो’: डुवर्सको अप्रकाश्य कथा उन्ने सिलसिलाको थालनी

गृह मन्त्रालयको निर्देशमा गरिएको अनुसन्धान रिपोर्ट सार्वजनिक होस्

गृह मन्त्रालयको निर्देशमा गरिएको अनुसन्धान रिपोर्ट सार्वजनिक होस्

बाल दिवसमा फुवागढी उमाविको “नव्य दृष्टि “भित्ते पत्रिका विमोचन

बाल दिवसमा फुवागढी उमाविको “नव्य दृष्टि “भित्ते पत्रिका विमोचन

पुनर्वासको मागमा आइजीजीएफ सेलिम्बोङ व्यवस्थापनसँग भेट

पुनर्वासको मागमा आइजीजीएफ सेलिम्बोङ व्यवस्थापनसँग भेट

सड़क भास्सिएपछि सांसदलाई समाजको चिट्ठी

सड़क भास्सिएपछि सांसदलाई समाजको चिट्ठी

चिल्ड्रेन्स डे-मा डीएचआर-द्वारा विद्यार्थीहरूलाई निःशुल्क जोय राइड

चिल्ड्रेन्स डे-मा डीएचआर-द्वारा विद्यार्थीहरूलाई निःशुल्क जोय राइड

बिहार विजय सेमी-फाइनल, बीजेपीले बंगालमा फाइनल जित्नेछ

बिहार विजय सेमी-फाइनल, बीजेपीले बंगालमा फाइनल जित्नेछ

बाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

बाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

दार्जीलिङ साउथफिल्ड लरेटो एलुमनाई एशोसिएसन-द्वारा आयोजित वाकथन सम्पन्न

दार्जीलिङ साउथफिल्ड लरेटो एलुमनाई एशोसिएसन-द्वारा आयोजित वाकथन सम्पन्न

विद्यादिप एजुकेसनल ईन्स्टिच्युट परबुङद्वारा रजत जयन्ती समारोह

विद्यादिप एजुकेसनल ईन्स्टिच्युट परबुङद्वारा रजत जयन्ती समारोह

आजको रोजाइ