विद्यादिप एजुकेसनल ईन्स्टिच्युट परबुङद्वारा रजत जयन्ती समारोह

Share this news

परबुङ,15 नोभेम्बर(निसं): स्थापना कालको 25 वर्ष पुरा गरेको अवसरमा बिजनबारी क्षेत्रको निजी स्कूल परबुङको विद्यादिप एजुकेसनल ईन्स्टिच्युटले भव्य कार्यक्रमको साथमा  रजत जयन्ती समारोह सम्पन्न गर्‍यो। शिक्षक रमेश कडरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा क्षेत्रीय सभासद भूपेन्द्र छेत्री,डाक्टर कमल पोख्रेल रेलिङ कैजले समष्टि सभासद सतिश पोखरेल थिए भने बिशिष्ट अतिथिको रुपमा एस के मोक्तान ,  मुक्तिनाथ शर्मा ,माइकल घले,  अग्रवाल , आगम सिंह मेमोरियल हाइ स्कूलका प्राध्यापक टाँसी वाङगेल शेर्पा लगायतका वरिपरिको संघ संस्थाको प्रतिनिधि भूतपूर्व विद्यार्थी संगठनका प्रतिनिधि साथै पुलबजर थानाका प्रतिनिधि अनि अभिभावको बाक्लो उपस्थिति रहेको थियो। दीप  प्रज्ज्वलन अनि गणेश बन्दना पछि  कार्यक्रमको सुरुवात भएको थियो भने भिन्न भिन्न कक्षाका नानीहरुद्वारा नृत्य गीत नाटक साथै ज्ञानवर्धक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै सभासद भूपेन्द्र क्षेत्रीले विधालय परिवारलाई  विधालयमा आवश्यक सामग्री किन्नको निम्ति आर्थिक सहयोग प्रदान गर्दै वचन दिएका थिए भने कमल पोख्रेलले हास्य व्यंग्य कविता प्रस्तुत गरेका थिए।

Share this news
आजको रोजाइ
‘धागो’: डुवर्सको अप्रकाश्य कथा उन्ने सिलसिलाको थालनी

‘धागो’: डुवर्सको अप्रकाश्य कथा उन्ने सिलसिलाको थालनी

गृह मन्त्रालयको निर्देशमा गरिएको अनुसन्धान रिपोर्ट सार्वजनिक होस्

गृह मन्त्रालयको निर्देशमा गरिएको अनुसन्धान रिपोर्ट सार्वजनिक होस्

बाल दिवसमा फुवागढी उमाविको “नव्य दृष्टि “भित्ते पत्रिका विमोचन

बाल दिवसमा फुवागढी उमाविको “नव्य दृष्टि “भित्ते पत्रिका विमोचन

पुनर्वासको मागमा आइजीजीएफ सेलिम्बोङ व्यवस्थापनसँग भेट

पुनर्वासको मागमा आइजीजीएफ सेलिम्बोङ व्यवस्थापनसँग भेट

सड़क भास्सिएपछि सांसदलाई समाजको चिट्ठी

सड़क भास्सिएपछि सांसदलाई समाजको चिट्ठी

चिल्ड्रेन्स डे-मा डीएचआर-द्वारा विद्यार्थीहरूलाई निःशुल्क जोय राइड

चिल्ड्रेन्स डे-मा डीएचआर-द्वारा विद्यार्थीहरूलाई निःशुल्क जोय राइड

बिहार विजय सेमी-फाइनल, बीजेपीले बंगालमा फाइनल जित्नेछ

बिहार विजय सेमी-फाइनल, बीजेपीले बंगालमा फाइनल जित्नेछ

बाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

बाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

दार्जीलिङ साउथफिल्ड लरेटो एलुमनाई एशोसिएसन-द्वारा आयोजित वाकथन सम्पन्न