बिजनबारी,15 नोभेम्बर(निसं):भीबीडीसी कर्मचारीहरुले भोगिरहेको विभिन्न समस्याहरुलाई सम्बोधन नभएको भन्दै भीबीडीसी अन्तर्गत काम गरिरहेका खण्डभरीका कर्मचारीहरुको एक प्रतिनिधि टोलीले दार्जीलिङ-पुलबजार खण्ड विकास अधिकारी एव सयुक्त खण्ड विकास अधिकारीलाई उनीहरूको कार्यलयमा पुगी ज्ञापन-पत्र बुझाएको छ। भीबीडीसी अस्थायी कर्मचारी संगठनको नेतृत्वमा गएको टोलीले आफुहरुले पनि अन्यले सरह समान पारिश्रमिक पाउनुपर्ने, समान कामको लागि समान पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, सबै भीबीडीसी अन्तर्गत भीएसटी भीसीटी तथा सुपभाइजर लगायतका कर्मचारीहरुलाई समान मजदुरी दिनुपर्ने, जिल्ला सार्वजनिक स्वस्थ्य सेवा मार्फत भीएसटी तथा भीसीटी लाई परिचय पत्र प्रदान गर्नुपर्ने, मजदुर समयमा प्रदान गराउनु पर्ने, कर्मचारीहरुलाई स्माट फोन प्रदान गर्नुपर्ने लगायतको मागहरू सामेल छन् ।यसबारेमा जानकारी गराउदै प्रतिनिधि टोलीका सदस्य तथा कर्मचारी नरेन्द्र खवासले आफुहरु निकै लामो समयदेखि पाउनुपर्ने सहुलियतहरु बारेमा कागजी रूपमा मात्रै सिमित भएको तथा यसको कार्यन्वन हुने छाटकाट नदेखिएपछी आफुहरु बाध्यताबस खण्ड बिकास अधिकारीलाई भेट्न वाध्य बनेका बताएका छन्। यसको साथमा उनले आफुहरु निक्कै पीडित भएकोले यसबारेमा संबंधित विभागले गम्भीरतापुर्वक लिनुपर्ने अनुरोध समेत गरेको छन्।












