शिकारी धुरामा माईनोरिटी सेल सुविधाबारे सभा

Share this news

ग्लेनबर्न-पेशोक:14 नोभेम्बर(निसं): माईनोरिटी सेल अन्तर्गत के कस्ता सहुलियतको सुविधाहरु माईनोरिटी समुदाय वा अल्पसंख्यक समुदायहरुले उपभोग गर्न सक्छन् भन्ने बारे बिहिबार ग्लेनबर्न चियाबारीको शिकारी धुरा स्थित सार्वजनिक भवनमा माईनोरिटी सेल मार्फत प्राप्त सुविधा बारे सचेतना सभा सम्पन्न भयो। स्थानीय शिकारीधुरा समाजका रमेश तामङको अध्यक्षतामा सम्पन्न उक्त सचेतना सभामा हिल माईनोरिटी सेलका मुख्य संयोजक अजित वाईबा मुख्य वक्ताको रुपमा उपस्थित थिए।मुख्य वक्ता वाईबाले उपस्थित बुद्धिष्ट अनि इसाई समुदायहरुको उपस्थिति रहेको उक्त सचेतना सभामा के कस्ता सहुलियतहरु जो अल्पसंख्यक सेल मार्फत पाईन्छ, खुनको कमी भए, विधवाले पाएको दु:खको निम्ति आफुसदैव अग्रिम पंक्तीमा रहेको भन्दै सेवा भावनामा आफुले कार्य गर्दै आएको  बताए ।सचेतना सभा पश्चात् मुख्य वक्ता एवं हिल माईनोरिटी सेलका मुख्य संयोजक अजित वाईबाले सरकार द्वारा धेरै सहुलियतहरु अल्पसंख्यक समुदायहरुलाई पनि प्रदान गरे तापनि ग्लेनबर्न शिकारीधुरा क्षेत्रका आम मानिसहरु अनभिज्ञ रहेको कारण यस्ता सुविधाहरु देखि बञ्चित बनेको बताए। वाईबाले यस क्षेत्रका करिब 90 प्रतिशत मानिसहरु सुविधा देखि बञ्चित बनेको जानकारी मिडियालाई दिए। सचेतना सभाका सभाध्यक्ष रमेश तामङले पनि यस् क्षेत्रका मानिसहरु कतिपय सरकारी सुविधाहरु देखि अनभिज्ञ रहेको बताउदै आज उक्त बिषय बारे सचेतना सभा आयोजन गरियो। सचेतना सभा पश्चात् उपस्थित दुवै समुदायका मानिसहरुले सकारात्मक विचार व्यक्त गरे। उक्त सचेतना सभालाई स्थानीय स्वास्थ्य कार्यकर्ता प्रदीप तामङ, मानेडाँडा चर्चका एल्डर लाडुप लेप्चा आदिले सम्बोधन गरे भने उपस्थित बुद्धिष्ट अनि इसाई समुदायका मानिसहरुले अन्तरक्रिया पनि गरे जसमाआ-आफ्नो सम्स्याहरुबारे प्रष्ट पारे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ