Laying the foundation stone for the construction of the school building
Laying the foundation stone for the construction of the school building

लाभा उच्चतर माध्यमिक विद्यालयको भवन निर्माण कार्यको शिलान्यास

Share this news

लाभा,  (निसं):गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनअन्तर्गत अभियान्त्रिकी विभागले लाभा उच्चतर माध्यमिक विद्यालयको भुइँतला तथा चार तल्ले भवन निर्माण कार्यको विधिवत शिलान्यास सम्पन्न गरेको छ।
शिलान्यास समारोहमा प्रमुख अतिथि जिटीएको मुख्य कार्यपाल अनित थापा रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथि विधायक रूदेन सादा लेप्चा, उपमुख्य कार्यपाल सञ्चबिर सुब्बा साथै क्षेत्रीय प्रशासकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। समारोह लाभास्थित छोर्तेन परिसरमा आयोजना गरिएको थियो।
विधायक रूदेन सादाले मुख्य कार्यपाल अनित थापाप्रति कृतज्ञता व्यक्त गर्दै भने, आजको शिलान्यास कार्यक्रमले केवल लाभा मात्र होइन, सम्पूर्ण कालेबुङलाई गर्वको अनुभूति गराएको छ। यो भवन निर्माण लाभाको विकास यात्रामा एउटा ठूलो कदम हो, र आगामी दिनमा यस्ता विकासमुखी परियोजनाहरू अझ लाभामा आउनेछन्। अनित थापाको नेतृत्वलाई लाभाले अङ्गालेको कारण यहाँ निरन्तर विकास सम्भव भएको छ।
आज शिलान्यास गरिएको निर्माण योजनाको लागत ५ करोड़ ३ लाख रूपैयाँ रहेको छ। यस अवसरमा विधायक लेप्चाले बाग्राकोटमा निर्माण हुने कार्यको पनि रकम अनुमोदन भईसकेको जानकारी दिएका छन्। लाभा उच्चतर माध्यमिक विद्यालयको ५ करोड ३ लाख रूपियाँको लागतमा निर्माण हुने विद्यालय भवनको विधिवत् शिलान्यास जीटीए प्रमुख कार्यपाल अनित थापा, कालेबुङ विधायक रूदेन लेप्चा अनि क्षेत्रीय सभासद कुमार शर्माको बाहुलीबाट गरिएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ