Shanta Lama Shield Mini Post Football Final

शान्ता लामा शिल्ड मिनी पोस्ट फुटबलको फाइनल आइतबार हुने

Share this news

मिरिक बस्तीमा ‘लेट शान्ता लामा मेमोरियल च्यालेन्ज शिल्ड मिनी पोस्ट फुटबल टुर्नामेन्ट’को फाइनल आइतबार हुने भएको छ। मिरिक, नवजागरण समाज पहिला गाउँ मिरिक बस्तीको आयोजनामा गत केही दिनदेखि सञ्चालन हुँदै आएको ‘लेट शान्ता लामा मेमोरियल च्यालेन्ज शिल्ड फुटबल टुर्नामेन्ट (मिनी पोस्ट)’ अब अन्तिम चरणमा पुगेको छ। तर, बीचमा समाजभित्रै केही व्यक्तिहरूको देहान्त हुनुका साथै प्राकृतिक प्रकोपका कारण आवतजावतमा आएको असुविधा र अन्य समस्याका कारण अन्तिम खेल समयमै सम्पन्न गर्न नसकिएको आयोजक कमिटिले जनाएको छ। नवजागरण समाज पहिला गाउँ मिरिक बस्तीले हिजो बसेको कार्यकारिणी समिति बैठकले निर्णय गर्दै टुर्नामेन्टको फाइनल खेल आगामी आइतबार, मिति १६ नोभेम्बर २०२५ का दिन खेलाइने जनाएको छ। आयोजक समाजले फाइनल खेल ढिलो भएकोमा सम्पूर्ण खेल प्रेमी, सहभागी टोलीहरू र स्थानीय बासिन्दासँग क्षमायाचना गर्दै आगामी आइतबार हुने उक्त फाइनल खेलमा सबै फुटबल प्रेमी दर्शकहरूलाई उपस्थित भई खेलको आनन्द लिन हार्दिक अनुरोध गरेको छ। समाजका प्रतिनिधिहरूका अनुसार, उक्त प्रतियोगिताले मिरिक क्षेत्रका युवाहरूमा खेलप्रति रुचि, एकता र सामाजिक भावनाको विकासमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।


Share this news
आजको रोजाइ
“हरिभक्त कटुवालका कवितामा रस” माथि विद्यावारिधि शोध कार्य

“हरिभक्त कटुवालका कवितामा रस” माथि विद्यावारिधि शोध कार्य

दोयाक “द ओपन स्टोन भिलेज म्युजियम” ग्रामीण पर्यटन

नयाँ पुस्ताका फूटबलरहरूलाई उज्यालो बाटो खोल्दै नादोङ भुटिया

नयाँ पुस्ताका फूटबलरहरूलाई उज्यालो बाटो खोल्दै नादोङ भुटिया

शान्ता लामा शिल्ड मिनी पोस्ट फुटबलको फाइनल आइतबार हुने

शान्ता लामा शिल्ड मिनी पोस्ट फुटबलको फाइनल आइतबार हुने

आइजीजेएफले सबै राजनैतिक दल, संघ संस्थाहरूसंग भेट गर्ने

आइजीजेएफले सबै राजनैतिक दल, संघ संस्थाहरूसंग भेट गर्ने

भारतीय गोर्खालाई व्यवस्था होइन, आफ्नै पुर्ख्यौली भूमि (माटो) चाहियो

सिटिजन एक्शन पार्टीको केन्द्रीय कार्यकारी परिषदको बैठक सम्पन्न

सिटिजन एक्शन पार्टीको केन्द्रीय कार्यकारी परिषदको बैठक सम्पन्न

सिङताम खामदोङ्ग निर्वाचन क्षेत्रमा वार्डस्तर समिति गठनको पाँचौँ दिन

सिङताम खामदोङ्ग निर्वाचन क्षेत्रमा वार्डस्तर समिति गठनको पाँचौँ दिन

ब्लक पसौं र शाखा पसौं अभियानमा लाग्न पर्ने आवश्यकतामा जोड

ब्लक पसौं र शाखा पसौं अभियानमा लाग्न पर्ने आवश्यकतामा जोड

SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

आजको रोजाइ