Dr. for the release of SDRF.
Dr. for the release of SDRF.

SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

Share this news

दार्जीलिङको लोकसभा क्षेत्रका सांसद अनि भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु बिष्टले पश्चिम बंगालका गर्भनर डा. सी.भी. आनन्द बोसलाई दार्जीलिङ्ग पहाड, तराई र डुवर्स क्षेत्रहरूमा आएको विनाशकारी भू-स्खलन र बाढी पीडितहरूको लागि राज्य विपद् प्रतिक्रिया कोष (SDRF) जारी गर्नका लागि तुरुन्त हस्तक्षेप गर्न आग्रह गर्दै पत्राचार गरेको बताएका छन्। यो जानकारी उनले एक प्रेस विज्ञप्तिको माध्यमबाट पत्राचार गरेको बताएका छन्। विज्ञप्तिमा उल्लेख गरिए अनुसार
उक्त पत्रमा बिष्टले यी कोषहरूको प्रयोगमा राज्य सरकारले गरेको दुर्व्यवस्थापन र विभेदकारी अभ्यासको सम्बन्धमा चिन्ता व्यक्त गर्दै लेखा परीक्षक (CAG) द्वारा व्यापक अडिट गरिनु पर्ने पनि माग गरेको बताएका छन्। भारी वर्षा कारण अक्टोबर 4-5, 2025 को रातमा उत्पन्न विनाशकारी घटनाले दार्जीलिङ्ग, कालिम्पोङ, र अलिपुरदुवार तथा जलपाइगुड़ी जिल्लाका केही भागहरूलाई गम्भीर असर पुर्‍याएको छ, जसमा 33 जनाको मृत्यु, सयौँ घाइते, र घर, सडक तथा पूर्वाधारमा व्यापक क्षति भएको छ। गम्भीरताका बावजुद, पश्चिम बंगाल सरकारले यसलाई औपचारिक रूपमा “विपद्” को रूपमा नोटिफाइ गर्न अस्वीकार गरेको छ, जसले प्रभावित समुदायलाई आवश्यक राहत प्राप्ति बाट वञ्चित गरेको छ।
सांसद बिष्टले राज्यपालसमक्ष निम्न अनुरोधहरू राखेका छन्ः1. प्रभावित क्षेत्रमा पीडितहरूको सहायता र महत्वपूर्ण पूर्वाधारको पुनर्निर्माणका लागि SDRF कोष जारी गर्न पश्चिम बंगाल सरकारलाई निर्देशन दिनु। 2. कोषको प्रयोगमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न विवरणात्मक CAG अडिट सुरु गर्नु। राज्यको संवैधानिक प्रमुखको रूपमा, सम्माननीय राज्यपालको हस्तक्षेप न्याय सुनिश्चित गर्न र प्रभावित जनतालाई राहत कोषको समान वितरण सुनिश्चित गर्न अत्यन्त महत्वपूर्ण छ। बिष्टले राज्यपाललाई जानकारी गराउँदै भनेका छन्, मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा आएको प्रशासनमा आपतकालीन प्रतिक्रिया क्षेत्रीय भिन्नताका बारेमा अत्यन्त चिन्ता व्यक्त गर्छौं। उनीहरूले पटक-पटक दार्जीलिङ हिमाल, तराई, डुवार्स, र व्यापक उत्तर बंगाल क्षेत्रमा चरम mismanagement र भेदभावयुक्त प्राथमिकताहरू प्रदर्शन गरेका छन्। यो क्षेत्रमा समान संसाधन वितरण र पूर्वाधार सुधारका लागि निरन्तर दबाव दिइरहने पनि सांसद बिष्टले बताएका छन्।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ