Dr. King and Dupchen Lama's
Dr. King and Dupchen Lama's

डा.किङ्ग र डुप्छेन लामाको हिन्दी अलबम “पहाडों की रानी” आउने

Share this news

भारतमा सबैभन्दा धेरै स्वरचित हिन्दी गीतहरूको सङ्गालो सार्वजनिक गर्ने गोर्खे, डा. किङ्ग गुनु घर्ती, मिजोरमको आठौं अनि दार्जीलिङको मिरिकबाट डुप्छेन लामाको सङ्गीतमा दोस्रो हिन्दी गीति अलबम पहाडों की रानी प्रकाशमा आउने भएको छ। यसरी नै प्रतिभाद्वयको नेपाली गीति अलबम मायालुको तयारी बारे जानकारी प्रदान गरिने भएको छ। यी दुई विषयमा एउटा प्रेस भेलाको आयोजन आगामी 16 नोभेम्बर 2025 आइतबार साँझ सिलगढीको सेभोक रोड अवस्थित एनएल एक्रोपोलिस Acropolis मा सञ्चालित साप्ताहिक गोर्खे हाटमा आयोजन गरिएको छ। उक्त भेलापछि विभिन्न कलाकारहरूद्वारा उनीद्वारा निर्मित गीतहरूको प्रस्तुति पनि हुने डा. किङ्ग गुनु घर्तीले बताएका छन्। स्मरण रहोस्, पूर्वोत्तरको सुन्दर अनि सानो राज्य मिजोरमका बहुप्रतिभाशाली व्यक्तित्व डा. किङ्ग गुनु घर्तीले अहिलेसम्म आठसय नेपाली अनि छसय हिन्दी गीतहरू बनाइसकेका छन्। भारतेली सङ्गीतको क्षेत्रमा उनले गरेको योगदानकोे लागि एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन्स आरनोवाले आफ्नो रजत जयन्ती समारोहमा गत 6 अप्रेल 2025 को दिन गीत सङ्गीत शिरोमणि उपाधिले अलङ्करण गरिसकेको छ।
अन्य विधाको कुरा गर्ने हो भने कलामा आफ्नो जीवन समर्पित गर्ने डा. किङ्ग गुनु घर्ती मिजोरमका एकमात्र उपन्यासकार, नाटककार पनि हुन् भने उनले नेपाली र मिजो भाषाको चलचित्रमा अभिनेताको रुपमा अभिनय पनि गर्दै आएका छन्।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ