District level chief public meeting
District level chief public meeting

आरएसएसको जिल्ला स्तरीय प्रमुख जनगोष्ठी कार्यक्रम सम्पन्न

Share this news

यस वर्ष राष्ट्रीय स्वयंसेवक संघ स्थापनाको एक सय वर्ष पुगेको अवसरमा देशभरि नै विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना भइरहेकको छ। यस्तै शत वार्षिकी कार्यक्रमहरु मध्ये “प्रमुख जनगोष्ठी” पनि एक प्रमुख कार्यक्रम रहेकको हुनाले सोमबार यहाँको जय हिन्द भवनमा भव्य रुपमा आयोजन गरियो। यस कार्यक्रममा कालेबुङका हरेक समाज र क्षेत्रका प्रतिष्ठित जनसमुदायका विषेश व्यक्तित्व एवं प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा औपचारिक बिषय मात्र नभई राष्ट्रव्यापी वार्ता प्रस्तुति, सीधा संवाद र सामूहिक सहभागिताको महत्त्वपूर्ण माध्यम रहेको थियो। यस कार्यक्रमका विशेष अतिथि वार्ताकारको रुपमा राष्ट्रीय स्वयंसेवक संघका सह सरकार्यवाह रामदत्त चक्रधरको गरिमामय उपस्थिति रहेको थियो। यस कार्यक्रमका मुख्य अतिथि सुश्री शान्ता राई (अवकाश प्राप्त ले. कर्नेल) रहेकी थिइन् भने विशिष्ट अतिथि कालेबुङ जिल्ला संघचालक छुटेण्डुप लेप्चा रहेका थिए। कार्यक्रमको शुभारम्भ अतिथिवर्गहरुको बाहुलीबाट दीप प्रज्वलनद्वारा गरियो। कार्यक्रममा कालेबुङ जिल्लाका संघचालक छुटेण्डुप लेप्चाले स्वागत सम्बोधन राखेका थिए। राष्ट्रीय स्वयंसेवक संघका शत वार्षिकी कार्यक्रमहरु धेरै छन्। यो जनगोष्ठी कार्यक्रम अत्यन्त महत्वपूर्ण र मूलतः लोकतान्त्रिक प्रणालीको एउटा बलियो स्तम्भ हुँदा विशिष्ट नागरिकको सहभागिता नै सर्वोपरि मानिएको थियो। यो वर्ष राष्ट्रीय स्तरबाट नै राष्ट्रीय स्वयंसेवक संघकले स्वजनहरुको मान्यतालाई मूर्त रूप दिन कालेबुङमा पनि यो कार्यक्रम आयोजन गरिएको हो।
राष्ट्रीय स्वयंसेवक संघको स्थापनापछि देशमा देखिएको ऐतिहासिक परिवर्तन, नागरिक समाजमा स्वतः स्फूर्त बिजारोपण हुँदै आएको स्वदेशीपन र शासन प्रणालीको विकासले ल्याएको एकात्मतालाई सबै समक्ष प्रस्तुत गर्ने एउटा माध्यम बनेको छ। कार्यक्रमलाई अघि बढाउँदै श्रीमती सुमित लेप्चाको एकल गीतपछि प्रमुख वार्ताकार रामदत्त चक्रधरले आफ्नो सारगर्भित वक्तव्य राखेका थिए। उनले, संघमा सबै समुदाय र वर्गका हरेक समाज सचेत मानिसहरूको सहभागिता रहेकोले राष्ट्रीय स्वयंसेवक संघले आज आफ्नो स्थान बनाउन सफल बनेको र सय वर्षमा प्रवेश गरेको जानकारी गराए। उनले प्रमुख जनगोष्ठी कार्यक्रम केवल एक जमघट मात्र होइन, तर यो सम्पूर्ण देशलाई नै प्रतिनिधित्व गर्ने, समाजको निर्णय प्रक्रियामा हरेक देशवासीको सहभागितालाई सुनिश्चित गर्ने र राष्ट्र निर्माणका लागि सशक्त माध्यम पनि रहेको कुरा उल्लेख गरे। वर्तमान परिस्थितिबाट हाम्रो देशलाई विकास सँगसँगै निकास दिन र विश्वमा सर्वोत्तम देश बनाउने उद्देश्यले राष्ट्रीय स्वयंसेवक संघ निरन्तर सक्रिय रहँदै आएको कुरा सबै समक्ष प्रस्तुत गरे। हाम्रो देश भारतलाई विश्व गुरु बनाउने सङ्कल्प गर्ने सबै नागरिक समाजहरुले चुनौतीपूर्ण वातावरणको सामना गर्न तयार हुनुपर्छ तर यो असम्भव छैन। सबै मिलेर प्रयास गरेमा हाम्रो उद्देश्यमा अवश्य सफल भइन्छ। शाखा संघको व्यक्ति निर्माणको पहिलो कारखाना हो। संघ निरन्तर सक्रिय बनेर देश निर्माणमा लागीरहेको छ। सबै आ-आफ्नो स्तरबाट दायित्व लिएर काम गरिरहेका छन्। देशको सिमानामा शहीद बनेका अमर देशभक्त सेनाहरुको त्याग र बलिदान हरेक देशबासीको हृदयमा लेखिएको हुनुपर्छ। सबै जिम्मेवार नागरिकहरुमा राष्ट्र भक्तिको भावना प्रथम दर्जामा राखिएको हुनुपर्छ। राष्ट्रीय स्वयंसेवक संघले आफ्नो स्थापना कालदेखि नै समाज सेवाको काममा विभिन्न क्षेत्रमा काम गरिरहेको छ। वनवासी कल्याण आश्रम, विद्या भारती, सेवा भारती जस्ता अनेक अनुसांगिक क्षेत्रमा काम गर्दै आएको छ।
मुख्य रूपमा समाजमा पञ्च परिवर्तनको क्रान्ति लिएर आजभोलि संघले काम शुरू गरेको छ। कुटुम्ब प्रबोधन, अस्पृश्यता (छुवाछुत) मुक्त समाज, पर्यावरण संरक्षण, स्व – बोधको चेतना, नागरिक कर्तव्य जस्ता मूल्यवान भावहरूको लागू गर्नु नै पञ्च परिवर्तनको क्रान्ति हो। यी कुराहरू सबैभन्दा पहिले आफ्नो घर परिवारबाट शुरुआत गर्न सकिन्छ भन्ने कुरा सबै समक्ष उहाँले राखे।
अन्त्यमा प्रश्नोत्तरी कार्यक्रम पनि राखिएको थियो जहाँ उपस्थित जनसमूहबाट सोधिएका विभिन्न प्रकारका प्रश्नहरुको जवाफ पनि दिए। यस कार्यक्रमको सञ्चालन निल गिरीले गरेका थिए भने धन्यवाद ज्ञापन महेश गुप्ताले राखेका थिए।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ