place Gorkha demand before interlocutor
place Gorkha demand before interlocutor

इन्टरलोक्युटरअघि गोर्खाको मांग राख्न आइजीजेएफको टीम गठन

Share this news

इन्टरलोक्युटर समक्ष पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्धकालिन मांग राख्नलाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टले टीम गठन गरेको छ। पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन अलग राज्यको मांगलाई एकै स्वरमा इन्टरलोक्युटर समक्ष राख्नलाई इण्डियन गोर्खा जन शक्ति फ्रण्टले पूर्व आइपीएस अधिकारी नर्बु छिरिङ, कमल शर्मा, प्रकाश गुरूङ अनि फिन्जो वाङगेल गुरूङको टीम बनाएको छ। आइजीजेएफले पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन अलग राज्यको मांगलाई इन्टरलोक्युटर समक्ष संयुक्त रूपमा राख्ने दिशामा काम गर्नेछ। केन्द्र सरकारले पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन मांगलाई ध्यानमा राख्दै इन्टरलोक्युर नियुक्ति गरेको छ अनि आइजीजेएफले इन्टरलोक्यूटरलाई अघिबाटै अन्तरात्माबाट स्वागत जनाउने विषय सार्वजनिक गर्दै आइसकेको छ। गत 8 नोभेम्बर 2025 को दिन आइजीजेएफ केन्द्रीय कार्यकारिणीको सभा सम्पन्न भएको थियो अनि उक्त बैठकमा बंगालदेखि बाहिर भारतभित्र छुट्टै व्यवस्था मूल मांग रहेको स्पष्ट अडान लिई सकेका छ। पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन मांगबारे एउटै आवाज हुन पर्छ भन्ने विषयमा आइजीजेएफ वचनवद्ध छ अनि यस विषयमाथि आइजीजेएफले उक्त टीम गठन गरेको हो। आइजीजेएफको टीमले राजनैतिक पार्टीको नेतृत्वहरूदेखि सामाजिक संघ संस्था साथै बुद्धिजीविहरूसंग भेटेर पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन मांगको आवाज इन्टरलोक्युटर समक्ष एउटै आवाजमा राख्न पर्छ भन्ने कुरामाथि जोर दिनेछ। आइतबार गोर्खा जन मुक्ति मोर्चाले अल पार्टी मिटिङ्ग बोलाएको थियो अनि उक्त मिटिङ्गमा आइजीजेएफ तथा केन्द्रीय संयोजक अजय एडवर्डसलाई पनि निम्ताइएकको थियो। आफुहरूको पूर्व घोषित कार्यक्रम रहेको हुनाले आयोजित मिटिङ्गमा उपस्थित हुन सम्भव भएन। तर केन्द्रीय संयोजक अजय एडवर्डसले बंगालदेखि अलग छुट्टै व्यवस्थाको निम्ति हो भने जहाँ बोलाए पनि त्यहाँ जान तयार हुने आफ्नो टेक स्पष्ट रहेको गोजमुमो प्रमुख बिमल गुरूङलाई पत्रचार गरेर स्पष्ट गरी दिएका थिए अनि आयोजित अल पार्टी मिटिङमा उक्त पत्र पढेर सुनाइदिने अनुरोध पनि गरेका थिए। उक्त अल पार्टी मिटिङ्गले छुट्टै राज्य गोर्खाल्याण्डमाथि संयुक्त रूपमा काम गर्ने लिएको प्रस्तावप्रति हामी अति नै खुशी छौं। सबैभन्दा खुशीको कुरा भारतीय जनता पार्टीले हामीलाई कहिले दीर्घकालीन मांग, कहिले स्थायी राजनैतिक समाधान आदि जस्ता कुराहरू गरेर अल्माउने काम गर्दै थियो। तर आइताबार बसेको अल पार्टी मिटिङ्गमा भाजपाको नेतृत्वहरू पनि थिए अनि उनीहरूले पनि अलग राज्य गोर्खाल्याण्ड गठनको मांगमा सक्रिया रूपमा सामेल हुने लिएको प्रस्तावलाई समर्थन गरेको हामी अति नै खुशी छौं अनि यो ऐतिहासिक विषय रहेको छ। इण्डियन गोर्खा जन शक्ति फ्रण्टको अडान स्पष्ट छ बंगालदेखि बाहिर भारतभित्र व्यवस्थामा अडिक रहेको केन्द्रीय कार्यकारिणी सदस्य एन बी खवासले बताएका छन्।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ