गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन कृषि अनि वागवानी विभागका एमओडी सभासद मिलेस राईले गत 4 अक्टाेबरमा आएकाे विनाशकारी पैह्राेले मिरिक बस्ती अनि अन्य क्षेत्रमा कृषि अनि वागवानी क्षेत्रमा व्यापक क्षति गरेकाे आफू अनि विभागीय अधिकारीहरूले स्थलगत निरीक्षण अनि भ्रमण गरेपछि साेमबार 87 जना कृषकहरूलाई क्षतिपूर्ति स्वरूप रकम अनि वाेट विरूवाकाे विजन वितरण गरेकाे बताए। तिनले विनाशकारी पैह्राेले मिरिक क्षेत्रकाे धेरै कृषि जन्य जमीनकाे क्षति गरेकाे जसले कृषकहरूले धेरै नाेक्सानी खप्न परेकाे थियाे भन्दै हामीले विभागीय अधिकारीहरूकाे साथमा ग्राउण्ड जिराेमा पुगेर वस्तुस्थिति बुझेपछि सम्बन्धित निकायमा रिपोर्ट पठाएका थियाैं। साेही अनुरूप पैह्राे प्रभावित 87 कृषकहरूलाई साेमबार हामीले क्षतिपूर्ति दिन सक्षम बनेको सभासद राईले बताए। तिनले कृषकहरूलाई उक्त क्षतिपूर्ति प्रदान गरिदिएकाेमा मुख्यमन्त्री ममता ब्यानर्जी, जीटीए मुख्य कार्यपाल अनित थापा अनि विभागीय अधिकारीहरूप्रति आभार प्रकट गर्दै विगतमा हामीले कृषकहरूलाई तत्काल सिचाईंकाे ब्यवस्था गर्न पानीका पाइपहरू पनि वितरण गरेका थियाैं भन्दै अब हामी कृषकहरूलाई सुन्तला, आलु लगायत विभिन्न बाेट-बिरूवा पनि वितरण गर्ने बताए। तिनले हामी कर्ममा विश्वास गर्ने मानिस हाै अनि जनहितमा असल कर्म गर्दै जाने सभासद राईले बताए।











