IGJF will extend a warm

आइजीजेएफले इन्टरलोक्युटरलाई अन्तरात्मादेखि स्वागत जनाउने

Share this news

बंगालदेखि अलग हुने कार्यक्रम हो भने हामीलाई जहाँ बोलाउछ, त्यहाँ जान हामी तयार रहेको इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवडर्स प्रेस विज्ञाप्ति जारी गर्दै बताएका छन्। गोर्खा जन मुक्ति मोर्चाले बोलाएको सर्वदलीय बैठकमा हामी उपस्थित हुन सकेनौं। महिना दिनअघि नै शहीद खडका माया शर्माको सालिग उदघाटनको कार्यक्रम तय भएको हुनाले आयोजित सर्वदलीय बैठकमा उपस्थित हुन सकेनौं। उनले यस विषयमा गोर्खा जन मुक्ति मोर्चाको संस्थापक अध्यक्ष विमल गुरूङलाई पत्र लेखेर जानकारी गराउने कार्य समेत गरी सकेको बताए। शहीदको कार्यक्रम स्थगित गर्न मिल्दैन, बंगालदेखि अलग हुने निर्णय हो भने तपाईंहरूले हामीलाई जहाँ बोलाउनु हुन्छ हामी त्यहाँ आउन तयार रहेको एडवडर्सले बताए। बंगालदेखि अलग हुने कार्यक्रमलाई एकतामा आउनु हो भने हामी तपाईहरूले जहाँ बोलाउनु हुन्छ, हामी त्यहाँ आउन तयार छौं। तर बंगालभित्रकै कुनै ब्यवस्था, प्याकेज, जीटीए जस्तै ब्यवस्थाको लागि हो भने हामी त्यसमा सहभागिता जनाउननसक्ने उनले बताए। कुनै सङ्गठनले बंगालदेखि अलग हुने तथा छुटिने कार्यक्रम हो भने हामीलाई जहाँ बोलाउँछ हामी त्यहाँ आइपुग्ने उनले बताए। हामी भाजपा गठबन्धनमा छैनौंं भन्दै एडवडर्सले भाजपाद्वारा झुक्काउँदै आएको सवैलाई थाह छ, आयोजित सर्वदलीय बैठकमा हामीलाई आमन्त्रित गरेको थियो, तर हाम्रै पूर्व घोषित कार्यक्रमको कारणले गर्दा गोजमुमोको हामी अल पार्टी मिटिङमा उपस्थित हुन सकेनौं। छुटटै राज्य गोर्खाल्याण्ड गठनको निम्ति प्राणको आहुति दिनेहरूलाई हामीले भूल्न हुँदैन। त्यसैकारण मैले विमल गुुरूङ दाजूुलाई पत्र लेखेर जानकारी समेत गराएको हो। केन्द्र सरकारले नियुक्ति गरेको इन्टरलोक्युटरलाई हामीले एक सुनौलो अवसरको रूपमा हेरेका छौ,त्यसकारण हामीले इन्टरलोक्युटरलाई भित्रै आत्मादेखि नै स्वागत जनाएका छौ।जब इन्टरलोक्युटर आँउछन्, हामी उनीसंग अवश्यै भेट गर्नेछौं अनि हाम्रो पक्ष उनीसंग स्पष्ट राख्ने एडवडर्सले बताए। हाम्रो मांग बंगालदेखि अलग हुने हो अनि यो कुरा हामी इन्टरलोक्युटर समक्ष स्पष्टसंग राख्नेछौं।अलग राज्य तथा हामी गोर्खाल्याण्ड पन्थीहरूले एकै दिनमा हामीले हाम्रो मांग विषय बारे चर्चा गरेर त्यसमाथि सहमत बन्न सक्छौं। हामीले सुन्दैछौं इन्टरलोक्युटरले सवै राजनीति पार्टीहरूसंग बसेर काम गर्ने निर्णय बनाएका छन,हामीलाई पनि उनले एक राजनीति पार्टीको रूपमा हेर्छन् भने हामी हाम्रो पक्ष उनी समक्ष राख्ने छौं। तर हामी इन्टरलोक्युटरलाई अन्तरात्मादेखि नै स्वागत जनाउने एडवडर्सले बताए।


Share this news
आजको रोजाइ
SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

डा.किङ्ग र डुप्छेन लामाको हिन्दी अलबम “पहाडों की रानी” आउने

डा.किङ्ग र डुप्छेन लामाको हिन्दी अलबम “पहाडों की रानी” आउने

लाभा उच्चतर माविको चारतल्ले भवन निर्माण कार्यको शिलान्यास

लाभा उच्चतर माविको चारतल्ले भवन निर्माण कार्यको शिलान्यास

सिक्किम बिहारी जागरण मञ्चले ३२औं स्थापना दिवस मनाउने

सिक्किम बिहारी जागरण मञ्चले ३२औं स्थापना दिवस मनाउने

गर्लाङ गोल्ड कप-2025 युकेएफसी च्याम्पियन

गर्लाङ गोल्ड कप-2025 युकेएफसी च्याम्पियन

लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

आरएसएसको जिल्ला स्तरीय प्रमुख जनगोष्ठी कार्यक्रम सम्पन्न

आरएसएसको जिल्ला स्तरीय प्रमुख जनगोष्ठी कार्यक्रम सम्पन्न

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

भारतीय गोर्खाको राजनैतिक समस्या अनि इन्टरलोक्युटरको नियुक्ति

भारतीय गोर्खाको राजनैतिक समस्या अनि इन्टरलोक्युटरको नियुक्ति

इन्टरलोक्युटरअघि गोर्खाको मांग राख्न आइजीजेएफको टीम गठन

इन्टरलोक्युटरअघि गोर्खाको मांग राख्न आइजीजेएफको टीम गठन

आजको रोजाइ