delhi-bomb-blast-red-fort
delhi-bomb-blast-red-fort

लालकिल्ला नजिक कारमा विस्फोट: अहिले सम्म थाहा भएको विवरण

Share this news

नयाँ दिल्ली, 10 नोभेम्बरः दिल्लीको लालकिल्ला नजिक एउटा कारमा भएको भीषण विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु र दुई दर्जनभन्दा बढ़ी घाइते भएका छन्। सोमवार साँझ लगभग 6:55 बजे लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर-1 नजिक पार्किङमा राखिएको इको कार अचानक विस्फोट भएको दिल्ली पुलिसले जनाएको छ।

विस्फोटपछि आगो द्रुतगतिमा फैलिँदा वरपरका गाड़ीहरू पनि जलेका छन्। विस्फोटको आवाज यति तेज थियो कि मेट्रो स्टेशनका सिसा फुटे र नजिकैको लाल मन्दिरमा कारको भाग उड़ेर पुगेको बताइएको छ। घटनापछि आसपासका दोकानहरूमा समेत आगो लागेको खबर छ र धेरै दोकानका दैलो तथा सिसा क्षतिग्रस्त भएका छन्। विस्फोटको झट्का चाँदनी चौकसम्म महसुस गरिएको छ, जसले स्थानीय बासिन्दामा त्रास फैलाएको छ। दमकल विभागले तुरुन्तै सातवटा फायर टेन्डर र एम्बुलेन्स पठाएर आगो नियन्त्रणमा लिएको छ। राहत र उद्धार कार्य जारी छ।

हाल विस्फोटको कारण पत्ता लागेको छैन र  IED, वा इम्प्रोभाइज्ड एक्सप्लोसिभ उपकरण प्रयोग गरिएको हुनसक्ने खुलासा पुलिस प्रमुखले गरेकोछ। पुलिस र फरेन्सिक टोलीले घटनास्थल घेराबार गरी प्रमाण संकलन गरिरहेका छन्। एनआईए र एनएसजी टोली पनि अनुसन्धानका लागि पठाइएको छ।
सुरक्षा कारण अब दिल्लीका साथै मुम्बई, हरियाणा र उत्तर प्रदेशमा पनि उच्च सतर्कता (हाई अलर्ट) जारी गरिएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ