२०२५ अक्टोबर ४ र ५ को राति भारी वर्षापछि, जसले दर्जीलिङ क्षेत्रमा ठूलो पहिरो र बाढी ल्यायो, प्रधानमन्त्री नरेन्द्र मोदीजीले मृतकहरूका लागि ₹ २,००,००० र गम्भीर घाइतेहरूका लागि ₹ ५०,००० को अनुग्रह सहायता प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट ६ अक्टोबर, २०२५ मा स्वीकृत गरेका थिए जानकारी गराउँदै सांसद राजु विष्टले भनेका छन्, आज आफूले प्रधानमन्त्री कार्यालय (PMO) बाट एक सूचना प्राप्त गरेको छु, जसमा दर्जीलिङ जिल्ला मजिस्ट्रेट कार्यालयले पीडितहरूको आधिकारिक सूची, बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिला गरेको जानकारी दिइएको छ। यस ढिलाइका कारण प्रधानमन्त्री राष्ट्रिय राहत कोष मार्फत अनुग्रह सहायता वितरणमा अवरोध आएको सांसद विष्टले एउटा विज्ञप्तिको माध्यबाट जानकारी दिएका छन्।











