कोलकाताको ऐतिहासिक इडन गार्डेनमा आयोजित कार्यक्रममा महिला क्रिकेटर सिलगढीका स्टार विकेटकीपर ऋचा घोषलाई पश्चिम बङ्गाल सरकारले सम्मानित गर्यो। समारोहमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी, सीएबी अध्यक्ष सौरव गांगुली, झूलन गोस्वामीसहित प्रमुख खेलकर्मी र सयौं क्रिकेट प्रशंसक उपस्थित थिए।
ऋचा घोषलाई उत्कृष्ट प्रदर्शनका लागि क्रिकेट एशोसिएसन अफ बङ्गालले सुनको पातोले लगाइएको ब्याट र बल, जसमा गांगुली र गोस्वामीको हस्ताक्षर रहेको छ, विशेष उपहारस्वरूप प्रदान गरियो। उनलाई अतिरिक्त रूपमा बङ्गाल सरकारको प्रतिष्ठित नागरिक सम्मान “बङ्ग भूषण” र पश्चिम बङ्गाल पुलिसको DSP पद, नगद पुरस्कार रु ३४ लाख, र व्यक्तिगत उपहार पनि प्रदान गरियो। सौरव गांगुलीले समारोहमा भने, “ऋचाको सफलताले मात्र बङ्गाल होइन, सम्पूर्ण भारतको नाम उच्च बनाएको छ। उनी हाम्री प्रेरणा हुन्।”










