समथार प्राथमिक स्वास्थ्य केन्द्रले नयाँ एम्बुलेन्स सेवा (102) प्राप्त गरेको छ। अब क्षेत्रभरिका कोही पनि बिमारीहरूलाई आकस्मिक रुपमा रम्बी, कालेबुङ तथा सिलगडी अस्पताल लानुपरे निःशुल्क एम्बुलेन्स सेवा बिमारीहरूले लिन सक्नेछन्। यस एम्बुलेन्स सेवा औपचारिक रूपमा सुरु भएको घोषणा विधायक रूडेन सादा लेप्चाले गरेका थिए। यो एम्बुलेन्स सेवाले ग्रामीण भेकका हाम्रा बिमारीहरूलाई धेरै फायदा पुग्नेछ। यसमा दुइजना ड्राइभर अनि दुइजना नर्सिङ एटेन्डेन्ट पनि रहने छन्। यसरी हाम्रा क्षेत्रका मानिसहरूलाई सहायता प्रदान गर्न एम्बुलेन्स सेवा सञ्चालन हेतु साथ दिने जीटीएका मुख्य कार्यपाल अनित थापा, विधायक रूडेन सादा लेप्चा, स्वास्थ्य अनि परिवार कल्याण विभाग, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका कार्यकारी सभासद, विभागीय कार्यकारी निर्देशक तथा विभागीय अधिकारीवर्ग, कालेबुङ जिल्ला अस्पतालका सीएमओएच, रम्बी बीएमओएच सबैप्रति सभासद हेमन्त राईले आभार व्यक्त गरेका छन्। नयाँ अनि असल एम्बुलेन्स सेवा उपलब्धिको निम्ति समथार पीएचसीका एमओआइसी डा. रजत डे, समथारका प्रधान अनि सम्पूर्ण समष्टिवासीलाई पनि सभासद राईले वधाइ दिएका छन्।












