बदलदो जलवायु परिवर्तनको कृषि, पशुपालन, माटो, जल अनि स्वास्थ्यमा असर र क्षतिलाई ध्यानमा राख्दै न्यूनीकरण अनि प्रबन्धन हेतु बैंकर ग्रामीण विकास संस्थान, नाबार्ड को आयोजनामा “जलवायु परिवर्तन अनुकूल योजना प्रारूप न्यूनीकरण हेतु तयार गर्न साथै कार्यवहन” लिएर तीन दिवसीय आवासीय प्रशिक्षण कोलकत्तामा भइरहेको छ। पहिलो दिन योजनाको प्रारूप तयार गर्न, जोखिम प्रबन्धन, तार्किक रूपरेखा, न्यूनीकरण अनि समण हेतु सरेखन” माथि चर्चा गरियो। यस प्रशिक्षण शिविरमा सिक्किम, बंगाल, ओडिस्सा, झारखन्ड अनि छत्तीसगढ राज्यबाट कृषि, पशुधन, स्वास्थ्य, माटो र जलमाथि कार्यरत १८ वटा संस्थाका ३६ जना प्रतिनिधिहरुले भाग लिएका छन्। यस कार्यक्रमको मुख्य अतिथि एमके डे, महा प्रबन्धक, नाबार्ड अनि सञ्चालन सरोज जाना, उप महाप्रबन्धक नाबार्डले गरेका थिए।












