आइजीजेएफ मङपू लाब्दा समष्टि साथै सिटोङ लाठ समष्टि अन्तर्गत सिटोङ २० माइल अनि मङपू स्कूल डाँडा देखि भजने बस्ती हुँदै रोङछोङ सम्मको बाटो निर्माण कार्य आइजीजेएफ प्रमुख संयोजक अजय एडवर्डको सहोगमा साथै गाउँलेहरूको संयुक्त पहलमा दुवै बाटोहरुको निर्माण भएकोले सम्पूर्ण गाउँलेहरुले अजय एडवर्डलाई साथै आइजीजेएफ पार्टीको सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिएका छन् भने यस कार्यलाई अझै सफल बनाउनका निम्ति दुवै समष्टिका प्रतिनिधि विशेष गरी साङ्गे शेर्पा, प्रमोद रुम्बा, प्रज्ञान गुरुङ, कुमार तामाङ, कुमार छेत्री, ज्ञाबु लेप्चा, सञ्जीव राई, निमा तामाङ, ज्ञानदीप चाम्लिङ लगायत सम्पूर्ण पार्टी प्रतिनिधिहरूलाई पनि धन्यवाद ज्ञापन गरिएको छ।












