the repair work is not started
the repair work is not started

जीर्णद्वारको कार्य शुरू नभए आइजीजेएफ धरनामा बस्ने

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्ट, सोम विजनबारीका प्रभारी भरत तामाङले 17 नोभेम्बरभित्रमा जीर्णद्वारको कार्य शुरू नभए हामी विजनबारी इन्जीनियरिङ विभागीय कार्यालय अघि धरनामा बस्ने बताएका छन्। तामाङले 17 नोभेम्बर 2025 भित्रमा सोम चिया बगानको बाटोको जीर्णद्वार हुँदैन भने हामी लुईस जुब्ली अघि पनि धरना बस्ने बताए। दार्जीलिङको लुइस जुब्लीमा जीटीएको धेरैवटा विभागीय कार्यलयहरू छन्, ती मध्ये विजनबारी इन्जीनियरिङ डिपार्टमेन्ट एउटा हो। सोम चिया बगानको बाटो विगत धेरै बर्ष अघिदेखि दयनीय अवस्थामा रहेको छ। बाटोेको जीर्णद्वार गरियोस् भन्ने अनुरोध स्थानीय सोम चिया बगानको बासिन्दाहरूले धेरै पटक सम्बन्धित विभागीय अधिकारीहरू समक्ष लगाउँदै आएको हो, यहाँसम्म कि जीटीए चीफ अनित थापासम्मलाई स्थानीय बासिन्दाहरूले जीर्णद्वारको गुहार लगाएका थिए। तर त्यतिकैमा जीर्णद्वारको कार्य ठप्प भयो। जीर्णद्वारको कार्य किन बन्द भयो भनेर स्थानीय बासिन्दाहरूले सोधी खोजी गर्दा फेरि काम शुरू गरियो नयाँ नाटक गरियो। सोम चिया बगानको बाटो अति नै दयानीय अवस्थामा पुगेको छ। बाटोको यस्तो अवस्था बारे सोम चिया बगानको बासिन्दाहरूसंग संगै इण्डियन गोर्खा जनशक्ति फ्रण्ड माझ चर्चा भयो। हामीले जीटीएको सम्बंधित विभागीय अधिकारीहरूदेखि जीटीए चीफ अनित थापा स्वयमलाई जीर्णद्वारको गुहार लगाउँदा पनि कुनै प्रकारको सुनवाई नहुँदा हामीले आरटीआई दर्ता गरयौं। तर त्यसको पनि कुनै जवाफ नपाउँदा भारत एक गणतन्त्र देश भएको हुनाले हामी जनता जर्नादाहरूले आफ्नै प्रकारले काम गर्नु पर्ने रहेछ भन्ने बुझेर गत 3 नोभेम्बर 2025 को हामीले लुइस जुब्लीको विजनबारी इन्जीनिरिङ डिपार्टमैन्ट समक्ष एक अर्जी पत्र चढाएका छौँ उक्त अर्जी पत्रमा 15 दिनभित्रमा टेण्डर लिएका ठेकादारले पुनः काम शुरू नगरे, उनलाई ब्लक लिस्टमा लगाउनु पर्छ साथै 17 नोभेम्बर 2025 भित्रमा सोम चिया बगानको बाटोको जीर्णद्वारको कार्य आरम्भ गरिनु पर्छ। यदि नगरिएको खण्डमा हामी लुइस जुब्ली विजनबारी इन्जीनिरिङ डिपार्टमेन्टअघि धरनामा बस्ने भरत तामाङले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ