सिटोङ -१ ग्रामपञ्चायत क्षेत्रका मानिसहरुलाई लिएर एक सभा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। सिटोङ -१ ग्रामपञ्चायत कार्यलयमा राखिएको उक्त सभामा विशेष गरेर केन्द्रीय योजना जल जीवन मिशन अन्तर्गत भईरहेको कार्य साथै उपभोक्ताहरुलाई पानी वितरण सिस्टम आदि विषयहरुमाथि विस्तृत चर्चापरिचर्चा भएको थियोे। तीमध्ये प्रमुख रूपमा जल जीवन मिशन अन्तर्गतको पानी आपूर्ति कार्य सम्पन्न हुन अझै केही समय लाग्ने कुरा बैठकमा ठेकेदार पक्षले गरेका उल्लेख गरेको बताइएको छ। त्यसैगरी पीएचसी विभाग र कन्ट्र्याक्टर बोबी अग्रवालद्वारा अपर रम्बी, अपर घलेटार र माना क्षेत्रका लागि यो सुक्खा मौसममा कुनै पानीको स्रोत खोजी गरी उपलब्ध गराउने योजना प्रस्तुत गरिएको छ। सो क्षेत्रहरूमा पम्प मार्फत पानी आपूर्ति गर्ने तयारी भइरहेको छ भने उक्त पानी वितरण हेतु अघावै देखरेख कमिटि गठन भएकोले अबउसो जल जीवनसंग सम्बन्धित सबै कामहरु उक्त कमिटिले गर्ने भएको सगंम राईले जनाएका छन्।












