तीनधारेको मिठाई डाँडास्थित पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा आयोजना गरिने भएको छ। उक्त तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गुरु मैत्री संघ तीनधारेको आयोजनामा आगामी 9 देखि 11 नोभेम्बरसम्म आयोजना गरिने भएको छ। उक्त पूजाको लागि गुम्बा परिसरमा तयारी चलिरहेको छ। जसमा पद्मा छोईलिङ गुम्बाका प्रमुख लामा म्हेमे बुम्बा डुम्जन र खरसाङबाट लामा फुङचुङ पाख्रिनद्वारा पूजा गरिने भएको छ। त्यसरी नै ल्हा बब दुईञ्छेन पूजाको अन्तिम दिन 11 नोभेम्बरको दिन जयगाउँबाट टुल्कुला रिम्पोर्छे कुन्साङ राङडोल उपस्थित भएर वाङ वितरण गरिने भएको गुरु मैत्री संघ तीनधारेको सचिव साङ्गे योञ्जनले बताएका छन्। उनले बताए अनुसार गुरु मैत्री संघ तीनधारेको स्थापना सन् 2003 मा भएको थियो भने आफ्नो स्थापनाकालदेखि नै तीनधारेमा लगातार रुपमा ल्हा बब दुईञ्छेन पूजाको आयोजना गर्दै आईरहेका छन्।












