आइजीजेएफको एउटा टोलीले लाल कोठीमा जीटीए प्रमुख कार्यपाललाई दार्जीलिङमा रहेका महारानी गर्ल्स हाइस्कूल अनि दार्जीलिङ शहरमा रहेका एकमात्र चिल्ड्रेन पार्क निर्माण प्रक्रियामा भएको लापरवाही अनि धाँधली विषय ज्ञापन पत्र चढाएको छ। उक्त टोलीमा नगरपार्षद गोपाल परियार अनि पार्टी युवा नेता राब्गे राई अनि अरू सहभागी थिए। दार्जीलिङका नागरिक लगायत इण्डियन गोर्खा जनशक्ति फ्रण्ट उक्त विषयमाथि जीटीए प्रमुखको उत्तरको प्रतिक्षामा रहेको छ।











