Champasari Nepali Sahitya Parishad

चम्पासरी नेपाली साहित्य परिषदको २५औं मासिक सभा

Share this news

चम्पासरी नेपाली साहित्य परिषद, सिलगढीद्वारा आयोजना गरिएको पच्चीसौं मासिक साहित्यिक सभा शुक्रबार सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो। परिषदकी अध्यक्षा श्रीमती सुषमा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न स्थानीय कवि तथा साहित्यप्रेमीहरूको सक्रिय सहभागिता रहेको थियो। सभामा क्रमशः निर्मला न्यौपाने, लीला छेत्री, राधाश्री मोक्तान, रत्ना चौलागाईं, मुना बराल, सुषमा गुरुङ र सञ्जीव श्रीमलले आफ्ना स्वरचित कविता वाचन गरिएको थियो। कविताहरूमा सामाजिक यथार्थ, मानवीय संवेदना, संस्कृति र देशभक्तिको गहिरो भाव अभिव्यक्त भएको थियो। सभा लीला छेत्रीले सञ्चालन गरेकी थिइन्। कविता वाचनसँगै सभामा नेपाली भाषा, साहित्य र यसको समकालीन अवस्थाबारे पनि चर्च-परिचर्चा गरियो। यसक्रममा उक्त महिनामा पुण्यतिथि रहेका साहित्यकार तथा सङ्गीतकारहरूलाई श्रद्धापूर्वक सम्झना गरियो। यसका साथै सभाको बीचमा निर्मला न्यौपानेले सुन्दर नेपाली लोकगीत गाएर सबैलाई मक्ख पारिन्। परिषदले आयोजना गर्ने कार्यक्रमले स्थानीय स्तरका प्रतिभाहरूलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने मञ्च प्रदान गरेको छ। परिषदको यो निरन्तर साहित्यिक अभियानले स्थानीय स्रष्टा र साहित्यप्रेमीहरूहरूमा थप ऊर्जा र उत्साह थप्ने कार्य गरेको छ। सभाको अन्त्यमा परिषदकी अध्यक्षा सुषमा गुरुङले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी महिनाहरूमा अझ विविध र प्रभावशाली साहित्यिक कार्यक्रमहरूको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन्।


Share this news
आजको रोजाइ
गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित

सल्लाहकार, अध्यक्ष र पञ्चायतका ओएसडीलाई स्वागत

सल्लाहकार, अध्यक्ष र पञ्चायतका ओएसडीलाई स्वागत

चम्पासरी नेपाली साहित्य परिषदको २५औं मासिक सभा

चम्पासरी नेपाली साहित्य परिषदको २५औं मासिक सभा

पहिलो ऐतिहासिक गोल्ड कप सौहार्दपूर्ण रुपमा सञ्चालन

पहिलो ऐतिहासिक गोल्ड कप सौहार्दपूर्ण रुपमा सञ्चालन