first historic Gold Cup

पहिलो ऐतिहासिक गोल्ड कप सौहार्दपूर्ण रुपमा सञ्चालन

Share this news

ऐतिहासिक लाटपञ्चर गोल्ड कप सौहार्दपूर्ण रुपमा धमाधम चल्दैछ। उक्त गोल्ड कपको चौथो दिनको खेला दार्जिलिङ पुलिस बनाम शेर एफसी कालेबुङ्गमाझ रोचक भिडन्त भएको थियोे। उक्त खेलामा खेलमा दार्जिलिङ पुलिसले शेर एफसी कालेबुङ्गलाई शुण्य गोलको विरूद्ध ३ गोल गरेर विजय बनी दोस्रो राउण्डको निम्ति आफ्नो स्थान पक्का बनायो। विजेता टिमको तर्फबाट पूर्वार्धको खेला अवधिमा अर्पण गुरुङले ३३ औं र ३९ औं मिनटमा २ गोल गरेका थिए भने अर्को एउटा गोल सिद्धान्त छेत्रीले ४४औं मिनटमा गरेका थिए। अर्पण गुरुङलाई उक्त म्याचको प्लेयर अव् द म्याचको ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियोे। यसरी नै पाँचौं दिनको खेल दलसिङ पाडा एफसी बनाम सङ्कटा एफसी माझ भएको थियोे। जसमा दलसिङ पाडा एफसीले सङ्कटा एफसीलाई १ गोल विरुद्ध ४ गोल हालेर अघिल्लो राउण्डमा जग्गा सुरक्षित गरेको छ। उक्त म्याचमा दलसिङ पाडा एफसीका अदित्य थापालाई मेन अफ द म्याच उपाधि प्रदान गरिएको थियोे। लाटपञ्चरमा चलिरहेको उक्त गोल्ड कपलाई सिलगढीका तराई रेफ्री एण्ड अम्पायर एसोसिएसनका अनुभवी निर्णायकहरु सुब्रतो घोष गोपाल रोय प्रणव मण्डल अभिजित नाग मिजानुर सरकार शुभम मण्डलद्वारा उत्कृष्ट प्रकारले सचांलन गरिरहेका छन्।


Share this news
आजको रोजाइ
गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित

सल्लाहकार, अध्यक्ष र पञ्चायतका ओएसडीलाई स्वागत

सल्लाहकार, अध्यक्ष र पञ्चायतका ओएसडीलाई स्वागत

चम्पासरी नेपाली साहित्य परिषदको २५औं मासिक सभा

चम्पासरी नेपाली साहित्य परिषदको २५औं मासिक सभा

पहिलो ऐतिहासिक गोल्ड कप सौहार्दपूर्ण रुपमा सञ्चालन

पहिलो ऐतिहासिक गोल्ड कप सौहार्दपूर्ण रुपमा सञ्चालन