new school building by MLA SK Subba

विधायक एसके सुब्बाद्वारा नयाँ विद्यालय भवनको उद्घाटन

Share this news

मानेबुङ–देन्ताम समष्टिका माननीय विधायक सुदेश कुमार सुब्बाले बुधबार बाङतेन वरिष्ठ माध्यमिक विद्यालय परिसरमा निर्माण सम्पन्न गरिएको दुइ कोठा भएको एक तले पक्की भवनको विधिवत् उद्घाटन गरेका थिए। सोही अवसरमा विद्यालयको व्यवस्थापन समिति र गाउँले अभिभावकहरूको सक्रिय सहयोगमा निर्माण गरिएको सानो दुइ कोठे भवनको पनि विधायकले उद्घाटन गरेका थिए। उक्त भवन निर्माणका लागि व्यवस्थापन समितिका अध्यक्ष राजमान गुरूङले कोष संकलन कार्यमा प्रमुख भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा पश्चिम जिल्ला पञ्चायत उपाध्यक्ष श्रीमती अनिता राई, ओएसडी दिगम गुरूङ, एसकेएम पार्टीका उपाध्यक्ष शेर्हाङ सुब्बा, सीएलसी अध्यक्ष डी.एन. शेर्पा, युवा संयोजक राजमान गुरूङ, पञ्चायत अध्यक्ष श्रीमती चन्द्रमाया लिम्बू लगायत सम्पूर्ण पञ्चायत सदस्यहरू, देन्ताम बीएसी अन्तर्गत आरडीडी विभागका एइ-जेइ सम्बन्धित विभागका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका तथा विद्यार्थी अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त अवसरमा स्थानीय जनताले मुख्यमन्त्री प्रेमसिंह तामाङ गोले तथा क्षेत्र विधायक सुदेश कुमार सुब्बाप्रति हार्दिक आभार व्यक्त गर्दै विद्यालय र स्थानीय स्तरमा भइरहेको विकासात्मक कार्यको प्रशंसा गरे। यसका साथै भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने स्थानीय ठेकेदार छिरिङ भुटियाप्रति पनि आभार प्रकट गरिएको थियो।


Share this news
आजको रोजाइ
विधायक शर्माद्वारा जुद्धबीर दर्जीको एसजीएवाइ घरको उद्घाटन

विधायक शर्माद्वारा जुद्धबीर दर्जीको एसजीएवाइ घरको उद्घाटन

बाग्राकोट माविका प्रधानाध्यापक शर्मालाई द्रोणाचार्य अवार्ड

बाग्राकोट माविका प्रधानाध्यापक शर्मालाई द्रोणाचार्य अवार्ड

जीटीए प्रमुख अनित थापाले बीजेपी सरकारमाथि दिए बयान

जीटीए प्रमुख अनित थापाले बीजेपी सरकारमाथि दिए बयान

१८औं एलडी काजी गोल्ड कप फुटबल २०२५ को छैटौं दिन

१८औं एलडी काजी गोल्ड कप फुटबल २०२५ को छैटौं दिन

आशा कर्मीहरूको प्रशंसनीय कामको लागि सम्मान प्रदान

आशा कर्मीहरूको प्रशंसनीय कामको लागि सम्मान प्रदान

गोरामुमो रंगबुल धोतरिया रंगबुक अध्यक्षा पदमा रन्जिता सुब्बा

गोरामुमो रंगबुल धोतरिया रंगबुक अध्यक्षा पदमा रन्जिता सुब्बा

विदेश मन्त्रालयकी अतिरिक्त सचिव श्रीमती छितेनसङ्ग भेटघाट

विदेश मन्त्रालयकी अतिरिक्त सचिव श्रीमती छितेनसङ्ग भेटघाट

विधायक एसके सुब्बाद्वारा नयाँ विद्यालय भवनको उद्घाटन

विधायक एसके सुब्बाद्वारा नयाँ विद्यालय भवनको उद्घाटन

बुडीखोप एसएस स्कूलको प्लेटिनम जुबिलीको सातौं दिन

बुडीखोप एसएस स्कूलको प्लेटिनम जुबिलीको सातौं दिन

भागोप्रमोको टोलीद्वारा नयाँ महकुमा शासकसङ्ग भेटघाट

भागोप्रमोको टोलीद्वारा नयाँ महकुमा शासकसङ्ग भेटघाट