new Mahakuma ruler
new Mahakuma ruler

भागोप्रमोको टोलीद्वारा नयाँ महकुमा शासकसङ्ग भेटघाट

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधि टोलीले खरसाङका नयाँ महकुमा शासकलाई स्वागत गर्नुको साथै वर्तमानमा पश्चिम बंगालभरि चलिरहेको मतदाता गहन पुनर्निरीक्षण (एसआइआर) विषयमा पनि चर्चा परिचर्चा गरेको जानकारी प्राप्त भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति, सभासदगण, खरसाङ महकुमा समिति, खरसाङ टाउन कमिटी, युवा शक्तिका प्रतिनिधिहरु उपस्थित भएर खरसाङमा हालैमा इस्लामपुर महकुमाको महकुमा शासकको रुपमा काम गरेर स्थान्तरण भएर खरसाङ महकुमा शासकको रुपमा आएकी नयाँ महकुमा शासक आएएएस प्रिया यादवलाई स्वागत जनाएका छन्। नयाँ महकुमा शासकलाई स्वागत जनाउनुको साथै वर्तमानमा पश्चिम बंगालभरि चलिरहेको मतदाता गहन पुनर्निरीक्षण (एसआइआर) विषयमा पनि चर्चा परिचर्चा गरेको जानकारी प्राप्त भएको छ। मोर्चाको उक्त टोलीमा केन्द्रीय सदस्य समीरदीप ब्लोन, सभासदद्वय प्रणाम रसाइली र नुरी शेर्पा, युवा शक्तिको खरसाङ महकुमा समितिका सभापति प्रेमेन्द्र गुरूङ, शंकर रावत, टाउन कमिटीका अध्यक्ष राजु शर्मा, दिपेन्द्र सेवा, तीनधारे महानदी समष्टिका सभापति राजीव थापा लगायत अन्यहरु उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ