भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधि टोलीले खरसाङका नयाँ महकुमा शासकलाई स्वागत गर्नुको साथै वर्तमानमा पश्चिम बंगालभरि चलिरहेको मतदाता गहन पुनर्निरीक्षण (एसआइआर) विषयमा पनि चर्चा परिचर्चा गरेको जानकारी प्राप्त भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति, सभासदगण, खरसाङ महकुमा समिति, खरसाङ टाउन कमिटी, युवा शक्तिका प्रतिनिधिहरु उपस्थित भएर खरसाङमा हालैमा इस्लामपुर महकुमाको महकुमा शासकको रुपमा काम गरेर स्थान्तरण भएर खरसाङ महकुमा शासकको रुपमा आएकी नयाँ महकुमा शासक आएएएस प्रिया यादवलाई स्वागत जनाएका छन्। नयाँ महकुमा शासकलाई स्वागत जनाउनुको साथै वर्तमानमा पश्चिम बंगालभरि चलिरहेको मतदाता गहन पुनर्निरीक्षण (एसआइआर) विषयमा पनि चर्चा परिचर्चा गरेको जानकारी प्राप्त भएको छ। मोर्चाको उक्त टोलीमा केन्द्रीय सदस्य समीरदीप ब्लोन, सभासदद्वय प्रणाम रसाइली र नुरी शेर्पा, युवा शक्तिको खरसाङ महकुमा समितिका सभापति प्रेमेन्द्र गुरूङ, शंकर रावत, टाउन कमिटीका अध्यक्ष राजु शर्मा, दिपेन्द्र सेवा, तीनधारे महानदी समष्टिका सभापति राजीव थापा लगायत अन्यहरु उपस्थित रहेका थिए।










