हिमाली शहीद नगर, सिलगढीका एमडी तामाङका छोरा पासाङ (सौरभ) तामाङ भारतीय राष्ट्रिय अन्डर 23 फुटबल टोलीमा चयन भएका छन्, यसभन्दाअघि सौरभ तामाङ मोहन बगानको टोलीबाट खेलिरहेका थिए। सबै खेलमा उनको उत्कृष्ट प्रदर्शन देखेर अहिले सौरभलाई भारतीय राष्ट्रिय दलमा सामेल गरेको पुष्टि भएको छ यो हाम्रो गोर्खाहरू निम्ति ठूलो गौरवको विषय हो, आज सौरभ तामाङले हिमाली शहीद नगरको मात्र नभएर सम्पूर्ण देशको गोर्खाहरूको शीर उच्च बनाएका छन।











