नेपाली पुस्तक सङ्ग्रहालयका पदाधिकारीहरू आगामी १४ नोभेम्बर २०२५ देखि १८ नोभेम्बर २०२५ सम्म पुस्तक सङ्कलन अभियानका लागि आसाम यात्रामा प्रस्थान गर्ने भएका छन्। उक्त टोलीमा साहित्यकर टिका ढुङ्गेल, डा॰ मनोज कुमार राई, माधव खनाल र अन्य रहनेछन्। यस अवसरमा पदाधिकारीहरूले आसामका सम्पूर्ण साहित्यकार तथा पुस्तक प्रेमीहरूप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छन्, जसको सहयोग र प्रेरणाले उक्त यात्रालाई अझ अर्थपूर्ण बनाउनेछ। हालमा नाम्ची नेपाली पुस्तक सङ्ग्रहालयमा ५५,००० भन्दा बढी मूल्यवान पुस्तकहरू सुरक्षित रूपमा सङ्कलित छन्, यसको श्रेय भिन्न भिन्न राज्य, देश, विदेशका सम्पूर्ण साहित्यकारहरूलाई जान्छ र विशेष पुस्तकालयको उद्देश्य नेपाली साहित्यको संरक्षण र विस्तारमा पुर्याउनु रहेको सङ्ग्रहालयको पक्षबाट डा. मनोज राईले जानकारी दिएका छन्।










