Member of Parliament Edwards
Member of Parliament Edwards

राष्ट्रिय हरित न्यायधिकरणलाई सभासद एडवडर्सले लेखे पत्र

Share this news

दार्जीलिङ पार्वतीय क्षेत्रको नगरपालिका क्षेत्रहरूमा दिनप्रति दिन निर्माण हुँदै गइरहेको गगनचुम्बी बिल्डिङहरूले पहाडको जल वायु तथा पर्यावरणलाई धेरै चोट पुराएको अवगत गराउँदै सभासद अजय एडवडर्सले राष्ट्रिय हरित न्यायाधिकरण (एनजीटी)लाई पत्राचार गरेका छन्। गत केही दिनअघि स्थानीय साथै राष्ट्रिय दैनिक समाचार पत्रहरूमा दार्जीलिङ पार्वतीय क्षेत्रमा गएको प्राकृतिक प्रकोपहरूमाथि राष्ट्रिय हरित न्यायधिकरणले चिन्ता ब्यक्त गरेको समाचार छाएको थियो। दार्जीलिङ पार्वतीय क्षेत्रमा गएको प्राकृतिक प्रकोपमाथि राष्ट्रिय हरित न्यायधिकरणको चिन्तालाई निर्वाचित सभासद अजय एडवडर्सले चिन्तन गर्दै एनजीटीलाई पत्राचार गरेका हुन्। सभासद एडवडर्सले आफ्नो पत्रमा म यो पत्रमार्फत दार्जिलिङ, कालिम्पोङ र खरसाङ नगरपालिका क्षेत्रमा तीब्र रूपमा फैलिएको अनियन्त्रित र वातावरणीय दृष्टिले अस्थायी बहुतले भवन निर्माणतर्फ एनजीटीलाई ध्यानाकर्षण गराएका छन्। यी गतिविधिहरू वातावरणीय र भवन मापदण्डको स्पष्ट उल्लङ्घन भएको र यसले पहिले नै अस्थिर माटो, भूस्खलन र जलनिकास अवरोधका कारण संवेदनशील हिमाली परिस्थितिलाई थप संकटमा पारेको छ जुन विषयमा हालै यस सम्माननीय एनजीटीले दार्जीलिङमा देखिएका ठूलो स्तरको भूस्खलनसम्बन्धी स्वतः संज्ञान लिएको छ। चौरस्ता क्षेत्र, जसले आफ्नो प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाका कारण अन्तर्राष्ट्रिय ख्याति कमाएको छ, त्यस क्षेत्र पनि जोगिएको छैन। यो संरक्षित र पर्यटक-संवेदनशील क्षेत्रमै अनधिकृत निर्माण तीब्र रूपमा भइरहेको छ, जसले सम्पूर्ण क्षेत्रको पारिस्थितिक सन्तुलन र सौन्दर्य दुवै नष्ट गरिरहेको छ। पूर्वी हिमालयको परिस्थितिमाथि गम्भीर दृष्टिगत लाउँदा, यस्तो अनियन्त्रित बहुतले निर्माणले जीवन र सम्पत्तिका लागि गम्भीर जोखिम भएको पत्रमा उल्लेख गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ