मुख्यमंत्री प्रेमसिंह तामाङ गोलेको सल्लाह तथा क्षेत्र विधायक एवं मंत्री एनबी दाहालको आदेश अनुसार आगमी ७ नोभेम्बरमा शुभारम्भ गरिेने खाम्दोङ सिङताम समष्टिमा वार्ड लेवल समिति गठन कार्यक्रमलाई लिएर जरुरी सभाको आयोजन गरियो। सभामा उक्त समिति गठन कार्यक्रमलाई कसरी सफल पार्ने भन्ने विषयमा छलफल गरियो। यो कार्यक्रम आगामी ७ नोभेम्बरमा अप्पर तिनेक, अप्पर चिसोपानी र लोवर चिसोपानीमा हुनेछ। यसर्थ यो सभामा क्षेत्रका सम्पूर्ण इष्ट मित्रहरुलाई अनिवार्यरुपमा उपस्थित भई दिने निवेदन गरिएको छ।












