साइकिलिस्ट एसोसिएसन अफ सिक्किमको आयोजनामा आज TSOMGO XCM 2.0 साइकल रेस आयोजना गरियो। आइतबार बिहान गान्तोकको टासिभ्यू पोइन्टबाट रेस शुरू भएको थियो भने रेस Tsomgo Lake मा समापन भएको थियो। उक्त रेसमा भारती सेना, सिलगडी, गान्तोक, अरूणाचल प्रदेश आदिबाट साइकिलिस्टहरूले भाग लिएका थिए। इलिट र मास्टर क्याटोगरिमा आयोजित रेसमा इलिट क्याटोगरिमा खुसीमन गर्ती प्रथम भएका थिए, सौरव सिंह दोस्रो, मोहित सिंह तेस्रो भएका थिए भने रंगटङ पाइडलर ग्रुपका दर्जी थोकजुर नवौँ भएका थिए।
यता मास्टर क्याटोगरिमा दिभ्यन राई प्रथम, सोनाम तोपदेन भोटिया दोस्रो, निङ्दो लेप्चा तेस्रो भएका थिए भने रंगटङ पाइडलर ग्रुपका भवेश सुब्बा छैटौं भएका थिए। साइकलिङ एसोसिएसन अफ सिक्किमले विगत वर्षदेखि यस प्रकारको साइकल रेसको आयोजन गर्दै आइरहेको छ भने यो वर्षको दोस्रो TSOMGO XCM रेसमा पुलिस अधीक्षक अक्ष्य सजदेवा मुख्य अतिथिको रूपमा उपस्थित थिए।











