यहाँ सञ्चालित सेन्ट टेरेसा गर्ल्स स्कूलको 100औं वार्षिकोत्सव पालन गरिएको थियो। उक्त कार्यक्िरममा जीटीए प्रमुख अनित थापा प्रमुख अतिथिको रुपमा उपस्थित थिए। उनले विगत100 वर्षदेखि शिक्षा र संस्कृतिको उज्यालो फैलाउँदै आइरहेको यो विद्यालयले हाम्रो समाजमा अमूल्य योगदान पुर्याएको छ। विपन्न परिवारका नानीहरुले गुणस्तर शिक्षा यहाँ पाउन सक्छन्। शिक्षा मात्र नभएर विभिन्न क्षेत्रमा पनि विद्यालयले क्षेत्रको नाम उच्च राखेको छ। आगामी दिनहरूमा पनि सफलताको नयाँ अध्याय खोल्न सक्षमता र समर्पणले अगाडि बढ्न शुभकामना दिए।











