मौसम विभागले नर्थ बंगालका पहाडी क्षेत्रहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको हुँदा मिरिक नगरपालिकाका अध्यक्ष एल.बी. राईले सबै नागरिकलाई चनाखो रहन आग्रह गरेका छन्। यसका साथै, जसको घर जोखिमपूर्ण अवस्थामा रहेको छ, ती सबैलाई मिरिक नगरपालिकाले स्थापना गरेको राहत केन्द्रमा आएर सुरक्षित रूपमा बस्न अनुरोध गरेका छन्।










