आगमी ०२ नोभेम्बरदेखि शुरु हुने उक्त “लाटपञ्चर गोल्ड कप २०२५” को खेल तालिका सार्वजनिक भएको छ। सिटोङ लाटपञ्चरको इतिहासमा अब हुने लाटपञ्चर गोल्ड कप एउटा सुनौलो इतिहास बन्नेछ भन्ने क्षेत्रवासीको मत रहेको छ। उक्त गोल्डकपमा विशेष रुपले नेपाल, भूटान, सिक्किम, केरला आदि लगायत अन्य चर्चित १४ वटा फुटबल क्लबहरुले फुटबल क्लबहरुले अंश ग्रहण गरेका छन्। सारा लाटपञ्चर बासीको पहलमा लाटपञ्चर युनाइटेड फुटबल क्लबद्वारा आयोजित यस म्याच स्थानीय खेलकूद मैदानमा आयोजन हुनेछ। प्रत्येक म्याचको समय २:३० अपरान्ह राखिएको आयोजक कमिटिको पक्षवाट एमके गुरुङले जानकारी गराएका छन्।


