सानाे राहत भए पनि ठूलाे मन बाेकेर पुगे मिरिकका युवा सामाजिक कार्यकर्ता पेम्बा भूटिया, टुहुराे यावाङ राईकाे बडाबडीकाे घर। चाैद्ध बर्षीय यावाङ राई जसकाे बाबाकाे निधन भइसकेकाे छ भने आमाले उनलाई छाेडेर गएकी छिन्। उनी नाै माइल राणा गाउँमा एकलै बस्दै थिए। यहीक्रममा चार अक्टाेबर विहानखेरी आएकाे विनाशकारी पैह्राेले उनकाे घर क्षतिग्रस्त पारिदिएकाे थियाे। उनी भाग्यले बाँचे अनि हाल बडाबडीकाे घरमा बसेका छन्। एकजना आमा बाबा विहीन किशाेरलाई सहयाेग गर्न बुधबार मिरिक निवासी पेम्बा भूटिया बडाबडीकाे घरमा पुगेर खाद्य सामग्री साथै कपडा प्रदान गरे। यस अवसरमा बाेल्दै पेम्बा भूटियाले भने, यावाङ राईकाे वस्तुस्थिति बुझेपछि ठूलाे मन लिएर सानाे राहत लिएर पुगेकाे जानकारी गराउँदै यतिखेर उनलाई राहत भन्दा पनि बस्ने घरकाे ठूलाे खाँचाे रहेकाे बताए। भूटियाले यावाङकाे वास्तविकता मिरिक नगरपालिका अध्यक्ष एलबी राईलाई पनि बताएकाे जानकारी गराउँदै उनकाे हातमा मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पनि राहत सामग्री पठाई दिएकाे बताए। तिनले यावाङलाई आपदकाे क्षण सानाे भएपनि सहयाेग गर्न पाउँदा राहत अनुभाव भएकाे बताए


