यिनी न० ५ गाउँ, गुल्मा चियाबारीका ईजरायल मुण्डा हुन्। तराई क्षेत्रको सुकुना सालबाडीसङ्ग जोडिएको गुल्मा चियाबारीमा मौज-मस्ती गर्न आएका व्यक्तिहरुले यत्रतत्र फ्याँकेका प्लास्टिकका बोतल, कप आदि जम्मा गर्छन् । यी सामानहरू बिक्री गरेर प्रतिदिन ५०-६० रुपियाँ कमाउँछन्। जसले उनको जीविका चल्दैछ भने प्रदुषणको रोकथाम पनि भइरहेको छ।


