इण्डियन गोर्खा जनशक्ति फ्रण्ट मिरिक महकुमाका संयाेजक प्रशान्त लामाकाे नेतृत्वमा गएकाे एउटा टाेलीले मिरिक नगरपालिका वार्ड नम्बर 6 अनि 7 मा पुगेर क्षेत्रका पैह्राे पीडितहरूलाई तारपाेलिन वितरण गरेकाे छ। यस अवसरमा बाेल्दै प्रशान्त लामाले मिरिकमा आएकाे विनाशकारी पैह्राेले मिरिक महकुमाभरि व्यापक क्षति गरेकाे छ।कतिपय ठाउँ बाटाे नभएकाे कारण हामी चाहेर पनि पुग्न सकेका छैनाैं। तर जहाँ पुग्न सक्छाैं त्यहाँ पुगेर पिडितहरूलाई सहयाेग गरिरहेका छाैं भन्दै यही क्रममा आफू अनि पहिला गाउँ स्कूल डाँडा ग्राम पन्चायत एकका उप प्रधान अनुप सुब्बा, मिरिक नगरपालिका वार्ड नम्बरका कन्भेनर नवीन राई साथै अन्य सदस्यहरू मिरिक नगरपालिकाकाे छ र सात नम्बर वार्डमा पुगेर पैह्राे गएकाे ठाउँहरुमा तारपाेलिन लगाइदिने कार्य गरेको बताए। तिनले आपदकाे बेला हामी मानवतालाई अघि राखेर सेवा कार्यमा लागि परेका छाैं भन्दै घर विहिन भएकाहरूकाे चाँडै पूनवास हाेस् भन्ने आफूहूले चाहेको बताए।