Ancient Silk Route Chill Marathon
Ancient Silk Route Chill Marathon

जिल्ला प्रहरीद्वारा एन्सियन्ट सिल्क रुट चिल म्याराथन गरिने

Share this news

कालेबुङ जिल्ला प्रहरीद्वारा एन्सियन्ट सिल्क रुट चिल म्याराथन रेसको चौथो संस्करण आयोजन गरिने भएको छ। उक्त सम्बन्धमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। जुन म्याराथन पुरुष र महिला दुवै वर्गका लागि खुला रहनेछ र यसलाई ५ कि.मि. १० कि.मि. र २१ कि.मि. गरी तीन वर्गमा विभाजन गरिएको छ। प्रहरी प्रमुख हरि पाण्डे, आइ.ओ. सञ्जय थापा, एम.टी.ओ. सूरज लामा र पूर्व भारतीय हकी टिमका कप्तान भरत क्षेत्री उपस्थित रहेर कार्यक्रमको विस्तृत जानकारी दिए। यो म्याराथनको दर्ता मिति प्रारम्भमा २ अक्टोबर २०२५ सम्म मात्र रहेको भए पनि अहिले १५ अक्टोबर २०२५ सम्मका लागि दर्ता अवधि थप गरिएको छ। त्यस्तै, म्याराथन रेस आगामी २ नोभेम्बर २०२५ मा आयोजना हुने जानकारी पनि दिइयो। जसमा कालेबुङ तथा वरपरका क्षेत्रका सर्वसाधारणलाई ठूलो सङ्ख्यामा सहभागिता जनाई सफल बनाउन अपील गरियो। एन्सियन्ट सिल्क रुट चिल म्याराथनले स्वास्थ्य, एकता र साहसिकताको भावना प्रबर्द्धन गर्नुका साथै कालेबुङको सांस्कृतिक तथा ऐतिहासिक सम्पर्कलाई उजागर गर्ने उद्देश्य लिइएको छ।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ