दार्जीलिङका लाेकसभा सांसद राजु विष्टले साेमबार मिरिककाे भ्रमण गरे। सांसदले भ्रमणकाे अवधि मिरिक अनि साैरेनीकाे स्थलगत भ्रमण गरेर पैह्राेले गरेकाे क्षयक्षतिकाे जानकारी संग्रह गरे। यस अवधि सांसदले पैह्राे पिडितहरूसित भलाकुसारी गरे भने घाइतेहरूकाे उपचारकाे उपलब्धिबारे जानकारी संग्रह गरे। विष्टले यहाँकाे रिलिफ सेन्टरमा बसेका पैह्राे पीडितहरूसित पनि भेटवार्ता गरे। तिनले भ्रमणकाे अवधि मिरिक सरकारी अस्पतालमा उपचार गरिरहेका पैह्राे पीडितहरूकाे हालचालबारे साेधखाेज गरे अनि चिकित्सकहरूलाई घाइतेहरूकाे उपचारमा कुनै कमी नराख्ने अनुराेध गरे।
