रविविरुद्ध खनिए प्रधानमन्त्री : सहकारीको करोडौं चट बनाउने, ठूलो कुरा गर्ने ?

Share this news

चितवन — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा सदस्यले फेसबुकमा लेख्दा पार्टीमा अनावश्यक समस्या आउने बताएका छन् । पार्टीको भरतपुर महानगर समितिको शुक्रबार दोस्रो अधिवेशन उद्घाटन गर्दै ओलीले फेसबुकमा जे पायो त्यही लेख्दा समस्या हुने बताएका हुन् ।

‘पार्टीका पक्षमा बोल्ने लेख्नेभन्दा पनि कतिबेला के मन लाग्छ त्यही कुरा फेसबुक स्टाटसमा फ्यास्स राख्ने कुरा समस्या बन्दै गएको छ,’ ओलीले भने । उनले कमिटी पद्धति र अनुशासनमा नबस्ने कुराले पनि समस्या ल्याएको बताए । ‘समस्या जनतामा हामी पुग्ने कुराको कमी हुनुमा छ । पार्टीको विचार लिएर एकताबद्ध भएर जनतामा जाने कुरामा कमी छ,’ ओलीले भने ।

उनले पार्टीको विरोध गर्नेहरू एउटै ल्यापटप लिएर एउटै मान्छेले सामाजिक सञ्जालमा हजारौँ आक्रमण गरिराखेको पनि बताए । ‘यो एआईको जमाना हो । यो जमानामा यस्ता खेलहरू हुन्छन् । पाँच/सात जना बसेर त्यहाँबाट कम्प्युटरको खेल मात्र भएको छ । पैसा विदेशी, खेल विदेशी काम गर्ने कारिन्दा यहाँका मात्रै भएका हुन्,’ ओलीको भनाइ थियो । उनले एकता, एकीकरण गर्दै पार्टीलाई लगभग दुई तिहाईको अवस्थामा पुर्‍याएको बताए । ‘तर मतिभ्रष्टहरूले पटक-पटक पार्टी फुटाए, अहिले उनीहरू पुपुर्रोमा हात राखेर बसेका छन्,’ ओलीले भने ।

सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ परेपछि चितवनमा उनीविरुद्ध भएको पुत्ला जुलुसप्रति लक्षित गर्दै ओलीले भने, ‘केपी ओली मर्‍यो भनेर लाश बोकेर चितवनमा हिँडेको देखेको थिए । परालसराल के-के राखेर केपी ओली बोक्याछौं भने । केपी ओली बोक्याछौ या छैनौ आगामी दिनमा देख्दै जाने छौं । कहाँ को पुग्दो रहेछ हेर्दै जाऊ । हामीले लानै पर्दैन आफैं जाने छन् ।’

उनले सहकारीको रकम खानेले नै चर्को बोल्ने गरेको बताए । ‘भित्रभित्र सहकारीको करोडौं चट बनाइदियो । बाहिर-बाहिर ठूलो कुरा गर्ने जस्तो तमासा हामीलाई गर्नु छैन । करोडौं खाएर पनि फेरि म निर्दोष छु भनेर कराउने कत्रो आवाज हो । खाने बेलामा आँखा नदेख्ने अनि, भन्ने म निर्दोष छु फसाइयो,’ प्रधानमन्त्री ओलीले भने ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ