मिरिक-राङभाङ भेल्ली हाेमस्टे अनर्स एशाेसिएशनले शनिबार विश्व पर्यट दिवस विविध कार्यक्रमकाे साथमा पालन गर्याे। एसोसिएशनका अध्यक्ष सुनिल प्रधानकाे अध्यक्षता अनि सचिव कल्याण राईकाे संचालनमा पालन गरिएकाे कार्यक्रममा दीप प्रज्वलनपछि झण्डा उत्ताेलन गरियाे।सचिव कल्याण राईले कार्यक्रममा सबैलाई स्वागत जनाएपछि साँस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरियाे।कार्यक्रममा मिरिकलाई पर्यटनकाे मान्यता प्राप्त भएकाे पचास वर्ष पुगेकाे अवसरमा केक काटियाे। कार्यक्रममा मिरिक क्षेत्रमा विभिन्न क्षेत्रमा याेगदान दिने ब्यक्तिहरू कृष्ण तामाङ, सामाजिक कार्यकर्ता एटी राई, प्रेम बहादुर छेत्री, रमेस गजमेर, मीना सुब्बा, पुजन घिसिङ, कैलाश राई आदिलाई अङ्गबस्त्र, श्रद्धा, सम्मान पत्र प्रदान गरेर सम्मानित गरियाे। कार्यक्रममा एसोसिएशनमा प्रवेश गर्ने सात जना सदस्यहरूलाई स्वागत गरियाे। कार्यक्रममा जीटीए पर्यटन विभागका एमओडी सभाद धुर्ब बम्जन, मिरिक पन्चायत समितिका कर्माध्यक्ष आदित्य प्रधान, आदि उपस्थित थिए।
